Logo

रिचार्जमा समस्या आएपछि रु.५० को रिचार्जकार्ड कटौती गरिने

रिचार्जमा समस्या आएपछि रु.५० को रिचार्जकार्ड कटौती गरिने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । ‘पल्लोघरबाट कराएको आवाज आयो के भयो भनेर हेर्न गएको त ‘एनटीसीको रिचार्ज भयो’ भनेर उफ्रिएका रैछन्’ एनटिसिको रिचार्ज समस्याको व्यांग्य गर्दै अनिता भट्टराइले आफ्नो फेसबुक स्ट्याटसमा लेख्छिन् ।

त्यस्तै बालाजुकी सगुन श्रेष्ठ लेख्छिन् ‘जति पटक रिचार्ज गर्दा पनि हुँदैन, ‘अव सेवा परिवर्तनको विकल्प रहेन ।’ पछिल्लो समय नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएपछि ग्राहकहरु यसरी सामाजिक सञ्जालमै आक्रोस पोख्न थालेका छन् ।

नाकाबन्दीले ग्यास पेट्रोल तथा डिजेलको समस्याले पीडित जनतालाई नेपाल टेलिकमको रिचार्ज समस्याले अर्को आहात थपिदिएको छ । पछिल्लो समय रिचार्ज नहुने तथा रिचार्ज भएपनि सेवा सुचारु गर्न समय लागेपछि उपभोक्ताहरुबाट यस्तो गुनासो सुनिन थालेको हो ।

यता टेलिकमले ५० को रिचार्ज कार्ड विक्री पून सुरु गरेपछी रिचार्जको समस्या बढेको टेलिकमकी सहप्रवक्ता प्रतिभा वैद्य स्वीकार्छिन् । ५० का रिचार्ज कार्ड प्रयोगमा ल्याएपछि ग्राहकहरु त्यसतर्फ आकर्षित हुँदा सिस्टममा हिट भएर समस्या देखिएको उनले स्वीकारिन ‘ग्राहकले ५० को कार्डमात्र बढी प्रयोग गर्दा सिस्टममा हिट भएको हो’ उनले भनिन् ‘१ सय २ सय तथा ५ सयका कार्ड पनि प्रयोग गरेमा त्यस्तो समस्या रहदैन ।’

५० को कार्डको व्यालेन्स छिटो सकिनेभएकोले बारम्बार रिचार्ज गरिरहँदा सिष्टमले थेग्न नसक्दा यस्तो समस्या देखिएको उनले जानकारी दिइन् । साथै समस्या समाधानका लागि ५० को कार्ड कम प्रयोगको विकल्प नरहेको उनले बताइन.् । रिचार्जको समस्या कम गर्न ५० को कार्ड कम फ्लो गर्ने योजना रहेको उनले बताइन् ।

टेलिकमकी प्रवक्ता वैद्यले मोबाइल पोइन्ट अफ सेल्स (एम्पोस) सिष्टमबाट रिचार्ज गर्न सुझाव दिएकी छन् । टेलिकमका आधिकारिक वितरक तथा रिटेलरबाट ग्राहकले कार्डबीना नै रिचार्ज गर्नसक्छन् । यसो गर्दा सिस्टममा बढी हिट पनि हुँदैन रिचार्जको समस्या पनि हट्छ ।’

प्रतिक्रिया दिनुहोस्