Logo

तपाईँको स्थानीय तहमा इन्टरनेट चलेन ? यी नम्बरमा फोन गर्नुहोस

तपाईँको स्थानीय तहमा इन्टरनेट चलेन ? यी नम्बरमा फोन गर्नुहोस



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्थानीय तहमा दूरसंचार विकास कोषमार्फत जडान गरिएको इन्टरनेट नचले निश्चित नम्बरमा फोन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँका स्थानीय तहमा इन्टरनेटको केही गुनासो भए वर्ल्डलिंक कम्यनीकेसनको निश्चित नम्बरमा फोन गर्न आग्रह गरेको हो ।

यस्तै प्राधिकरणले ईलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहमा केही समस्या भए टेकमाईन्ड्स प्रालिका निश्चित नम्बरमा फोन गर्न आग्रह गरेको छ । प्राधिकरणले देशभरका सबै स्थानीय तह, सामुदायीक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिरहेको छ ।

जसको जिम्मा विभिन्न इन्टरनेट सेवाप्रदायकलाई दिईएको छ । पछिल्लो समय कोषमार्फत इन्टरनेट जडान गरिएको स्थानहरुमा गुनासो बढेकाले निश्चित नम्बर छुट्याईएको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै प्राधिकरणले उक्त स्थानीय तहका सर्वसाधारणहरुले पनि इन्टरनेट जडान गर्न चाहेको अण्डमा जडान गर्न सकिने जानकारी दिएको छ । यस्तै उक्त स्थानका कुनै स्थानीय तह, स्वास्थ्य चौकी, विद्यालयलगायतमा इन्टरनेट जडान छुटेको भएमा १५ दिनभित्र जानकारी गराउन समेत आग्रह गरेको छ ।

प्राधिकरणले कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँका लागि भन्दै वर्ल्डलिंक कम्युनीकेसनको फोन नम्बर ०१-५९७००५०, ९८०१५२३०५०, र टोलफ्रि नम्बर १६६००१-५५०५० तोकेको छ । यस्तै ईलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका लागि ०५६-५२२२२२, ५३१२२२२ र टोलफ्रि नम्बर १६६००५६-५१२२ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्