Logo

एकैदिन ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि हुँदा ८ हजार ८४८ जना संक्रमण मुक्त, १२९ जनाको मृत्यु

एकैदिन ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि हुँदा ८ हजार ८४८ जना संक्रमण मुक्त, १२९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १९ हजार ३ सय ५७ पीसीआर परीक्षणमा ८ हजार ५ सय ९१ जना र ७ सय ४८ एन्टिजेन परीक्षणमा ३ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्