Logo

नेपाल टेलिकमको भिओएलटीई सेवा संचालनमा, यसरी लिन सकिन्छ सेवा

नेपाल टेलिकमको भिओएलटीई सेवा संचालनमा, यसरी लिन सकिन्छ सेवा



काठमाडौं । नेपाल टेलिकमले भ्वाईस ओभर लंग टर्म ईभोलुसन (भिओएलटीई) सेवा संचालनमा ल्याएने भएको छ । कम्पनीले विश्व दूरसंचार तथा सूचना समाज दिवसको अवसरमा सोमबारदेखि चौथो पुस्ताको फोरजीमा एलटीई सेवा संचालनमा ल्याउने भएको हो ।

यो सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाईलमा यो सेवा परिक्षण गर्न लागिएको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भिओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट एस्ट्रिक४४४ ह्यास डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भिओएलटीई एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटीईको संकेत देखापर्दछ । यसको संकेत देखापरेसँगै एस्ट्रिक १११ ह्यास डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भिओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्