Logo

नेपाल टेलिकमको लकडाउन स्टे कनेक्टेड अफर सार्वजनिक, ३९ रुपैयाँमा दिनभरी इन्टरनेट चलाउन पाईने

नेपाल टेलिकमको लकडाउन स्टे कनेक्टेड अफर सार्वजनिक, ३९ रुपैयाँमा दिनभरी इन्टरनेट चलाउन पाईने



काठमाडौं । नेपाले टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी ‘लकडाउन स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । टेलिकमले अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउनेगरी उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था भएको र सेवाग्राहीलाई यही मौकामा सहज सेवा दिनका लागि यस्तो अफर सार्वजनिक गरेको जानकारी दिएको छ ।

उक्त अफरअन्तर्गतको अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुने कम्पनीले जानकारी दिएको छ । दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।

यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइने पनि कम्पनीले जानकारी दिएको छ । २ सय देखि ४ सय ९९ रुपैयाँसम्मका रिचार्ज गर्दा ५ सय एमबी डाटा उपलब्ध गराईनेसमेत कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै ५ सय वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १ हजार २४ एमबी डाटा उपलब्ध हुनेछ । जुन ४ दिनभित्र प्रयोग गरी सक्नुपर्नेछ । यस्तै ५ सय एमबी डाटा भने २ दिनमा उपयोग गरी सक्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीब्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिन्छ । साथै, आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने÷नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि एस्ट्रिक ४४४ ह्यास डायल गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL