Logo

क्यान महासंघले भन्यो : २५ गतेभित्र कर बुझाउनुपर्ने नियम अव्यवहारिक भयो समय थपियोस

क्यान महासंघले भन्यो : २५ गतेभित्र कर बुझाउनुपर्ने नियम अव्यवहारिक भयो समय थपियोस



काठमडौं । कम्प्युटर एसोसीएसन अफ नेपाल (क्यान) महासंघले सरकारसमक्ष करको विवरण र कर भुक्तानी गर्ने समय थप्न माग गरेको छ । महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समयमा सबै सेवाहरु बन्द भएपछि कार्यालयसम्म पुग्न र विवरण लिन सकिने अवस्था नरहेकाले मूल्य अभिबृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो ।

साथै, कतिपय स्थानमा कर्मचारीहरू आफै संक्रमित भएको अवस्था तथा स्वास्थ्य संवेदनशीलताका कारण कर्मचारीहरू कार्यालयसम्म आउन जान सक्ने अवस्था नभएको महासंघको भनाई छ । जसका कारण कारण तोकिएको समयमा कर विवरणहरु वुझाउन र कर रकम भुक्तानी गर्न सकिने अवस्था नहुंदा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने ब्यबस्था अव्यवहारिक रहेको र यसमा सहुलियतपुर्ण ब्यबस्था गरिदिन महासंघले आग्रह गरेको हो ।

यस्तै महासंघले यस क्षेत्रका व्यवसायलाई करहरुमा छुट र आर्थिक सहुलियत दिई प्रोत्साहित गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्