माइक्रोसफ्टका विल गेट्स र फेसबुकका मार्क जुकरवर्गले अब एकसाथ काम गर्ने भएका छन् । जलवायू परिवर्तनको समस्या समाधान गर्नका लागि उनीहरु एकसाथ काम गर्न लागेको बताइएको छ ।
दुवैजनाले क्लीन इनर्जीका लागि काम गर्ने छन् ।
जुकरवर्ग र उनकी पत्नी प्रिसिलाले उनीहरु संसारभरमा शून्य कार्वन उत्सर्जन र विश्वव्यापी तापमान कम गर्ने क्षेत्रमा गरिने लगानीका लागि विल गेट्ससँग काम गर्ने बताएका छन्। एजेन्सी