Logo

ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित

ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित



काठमाडौं । ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित भएको छ ।

काठमाडौंस्थित सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङले ह्वावे नेपाललाई राष्ट्रिय आईसीटी पुरस्कार–२०२१ (निजी क्षेत्र) प्रदान गरेका हुन् ।

उक्त पुरस्कार ह्वावे नेपालका सीईओ विलियम झांगलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रमका विजेताहरूलाई नेपाल आईसीटी क्षेत्रमा गरेको प्रयास र योगदानको सराहना गर्दै बधाई दिए । उनले विजेताहरूलाई भविष्यका कार्यहरु अझ प्रभावकारी बनाउन शुभकामना पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL