Logo

दूरसंचार प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सन्तोष पौडेललाई, सहप्रवक्तामा आए मिश्र

दूरसंचार प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सन्तोष पौडेललाई, सहप्रवक्तामा आए मिश्र



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्ता र सहप्रवक्ता परिवर्तन भएका छन् । प्राधिकरणले हालसम्मका प्रवक्ता स्तरीकरण शाखाका निर्देशक मिनप्रसाद अर्याललाई हटाउँदै नयाँ प्रवक्ताको जिम्मा कानून तथा अनुमतिपत्र महाशाखाका निर्देशक सन्तोष पौडेललाई जिम्मा दिएको छ ।

यस्तै प्राधिकरणले सहप्रवक्तामा पूर्वाधार विका शाखाका उपनिर्देशक अच्युतानन्दा मिश्रलाई नियुक्त गरेको छ । प्रवक्ता र सहप्रवक्ताले सोमबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । प्रवक्ता पौडेल २१ वर्षदेखि प्राधिकरणमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
MBL