Logo

आम हडतालको चौचर्फी विरोध, फिर्ता लिन नागरिकको दवाव

आम हडतालको चौचर्फी विरोध, फिर्ता लिन नागरिकको दवाव



काठमाडौं । पुष्मकल दाहाल प्रचण्ड र माधव नेपाल सुमहको नेकपाले भोली गर्ने भनेको आमहड्तालको चौतर्फी विरोध भएको छ । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोध गर्दै प्रचण्ड–माधव समूहले माघ २२ गते आम हड्ताल गर्ने घोषणा गरेका छन् । नागरिकले आम हडतालको चौतर्फी विरोध गर्दै फिर्ता लिन दवाव दिएका छन् ।

आम हड्तालबाट दैनिक जनजीवन प्रभावित हुने, कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई थप जोखिममा पार्ने तथा परिक्षा बोर्ड र विश्व विद्यालयले लिने परिक्षा समेत प्रभावित हुने भन्दै आम हड्ताल फिर्ता लिन राजनीतिज्ञ, उद्योगी, व्यापारी, वुद्धिजिवी, सामाजिक अभियान्ता, साहित्यकार तथा पत्रकार समेतले दबाब दिएका छन् । त्यस्तै, निजी क्षेत्रका छाता संगठनले समेत सयुक्त विज्ञप्ती जारी गरेर आम हड्ताल फिर्ता लिन आग्रह गरेका छन् ।

अहिले त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायका स्नातक र स्नातकोत्तर तहको परिक्षा सञ्चालन गरिरहेको छ । त्यस्तै, भोलिदेखि नै एसईईको परीक्षा सुरु हुँदै छ । परिक्षा बोर्ड र त्रिभुवन विश्व विद्यालयले लिने परिक्षा प्रभावित हुने भन्दै विद्यार्थी, अविभावक तथा प्राध्यापकहरुले हड्ताल फिर्ता लिन आग्रह गरेका छन् ।

राजनीतिज्ञ, तथा सामाजिक अभियान्तले सामाजिक सञ्जालमार्फत तत्काल विद्यार्थी तथा जनतालाई दुःख नदिई भोली हुने बन्द हड्तालका कार्यक्रम फिर्ता लिन दबाब दिएका छन् । सामाजिक सञ्जालमा बन्द हड्तालको अवज्ञा गर्ने घोषणा समेत गरिएका छन् ।

पूर्वाधार विज्ञ सुर्यराज आचार्यले भोलि गर्ने भनिएको नेपाल बन्दलाई लम्फु आईडीया भनेका छन् । यस्ता आईडीयाले आन्दोलन बलियो नहुने र अझ कमजोर हुने भन्दे बन्द फिर्ता लिनुपर्ने औल्याएका छन् ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक संजालमार्फत आम हड्तालको विरोध गर्दै सर्वधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित हने गरी कुनै पनि प्रकारको बन्द हड्ताल जुलुस सभा नगर्न दलहरुलाई आग्रह गरेका छन् । साथै नयाँ संविधान जारी भएपनि सबै दलहरुले बन्द हड्ताल नगर्ने भनी गरेको प्रतिवद्धता समेत स्मरण गराएका छन् ।

यसैगरी उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्य उमेशलाल श्रेष्ठले भोली हुने आमहड्तालको विरोधमा बन्द दिमागले बन्द बाहेक केही नसोच्ने भन्दै व्यङ्ग गरेका छन् ।

यसैगरी स्वतन्त्र ऊर्जा उत्पादक एवं महासंघकै कार्यसमिति सदस्य शैलेन्द्र गुरागाईँले पनि भोली हुने बन्द हड्तालको विरोध गर्दै सामाजिक संजालमार्फत भाली हुने एसईई परीक्षा रहेछ विवेक पुर्याउँ भन्दै बन्द हड्ताल नगर्न दबाब दिएका छन् । साजथै उनले भनेका छन्, ‘बन्द नगरेको भा हुन्थ्यो, भगवानले सद्बुद्धि देओस । परोपकार पुन्याय पापाय परपिडनम ।’

व्यवसायी प्रज्वलजंग पाण्डेले भोलिको एसईई परिक्षालाई ध्यान दिदै हड्ताल फिर्ता लिन सुझाएका छन । उनले फेसबुकमा लेखेका छन्, ‘भोलि एसईई परिक्षा रहेछ, विवेक पुर्याउ ।’ व्यवसायी उमेशलाल श्रेष्ठले जनतलाई किन दुख दिने ? किन बन्द गर्ने भन्दै प्रश्न गरेका छन् ।

यसैगरी व्यवसायी प्रताव जंग पाण्डेले पनि भोली हुने भनिएको आम हड्तालको विरोध गरेका छन् । उनले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘११ महिना पछि पहिलो पटक कक्षा १० का भाई बहिनी एसईई पुरक परीक्षा दिन भोली जानु पर्नी त्यो पनि बन्द्य जय देश ।’

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले ‘निर्मला पन्त बलत्कार अनि अत्या काण्ड, रुकुम नरसंहार, धनुषा र रौतहटमा प्रहरी हिरासतमा दलित किशोरहरुको हत्या काण्डा हुँदा भोलि नेपाल बन्दको आह्वान गर्नेहरु कहाँ सुतेका थिए ? जनता जान्न चाहन्छन्’ भन्दै प्रश्न गरेका छन् ।

पत्रकार बसन्त वस्नेते आम हड्ताललाई पश्चगमन भनेका छन् । उनले आवागमन रोकर सच्चिन्छ र प्रतिगमन ? भन्दै प्रश्न गरेर यसलई पश्चगमन भनोक छन् ।

व्यवसायी प्रबल जंग पाण्डेले ‘के एक दिन नेपाल बन्द हुँदा कति आर्थिक नोक्सान हुन्छ हामीे मूल्यांकन गरेका छौं ??’ भन्दै प्रश्न गरेर आम हड्ताल फिर्ता लिनुपर्ने आवाज उठाएका छन् ।
संविधान घोषणाअघि गरिएका बन्द हड्तालबाट आजित भएका आम नागरिकले पछिल्ला समयमा यस्ता गतिविधिको चौतर्फी विरोध गर्ने गरेका छन् । जनजीवन प्रभावित हुने, आर्थिक नोक्सान हुने तथा दैनिक गुजारा गरेर हातमुख जोर्नेलाई समस्या पर्ने भन्दै बन्द हड्तालको व्यापक विरोध हुँदै आएको छ । प्रचण्ड नेपाल समूहले भोलि गर्ने भनिएको आम हड्तालको समेत चौतर्फी विरोध भएको छ । नागरिक विरोधका वावजुत आम हड्ताल गर्छन् वा नागरिकका आग्रहलाई लत्यार हड्ताल गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL