Logo

कति खतरा छ विश्वभर त्रास सिर्जना गरेको कोरोना भाइरसको नयाँ प्रजाति ? यसो भन्छन बैज्ञानिक

कति खतरा छ विश्वभर त्रास सिर्जना गरेको कोरोना भाइरसको नयाँ प्रजाति ? यसो भन्छन बैज्ञानिक



काठमाडौं । पछिल्लो समय विश्वभर त्रास सिर्जना गरेको कोरोना भाइरसको नयाँ प्रकारबाट हुने समस्या पहिलेको तुलनामा धेरै गम्भीर नरहेको वैज्ञानिकले बताएका छन् । पब्लिक हेल्थ अफ इङल्याण्डले गरेको अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारबाट हुने समस्या पहिलेको तुलनामा धेरै गम्भीर नरहेको देखाएको बताएको हो ।

पहिलाको भन्दा धेरै खतरा नभए पनि वैज्ञानिकहरुले कोरोना भाइरसको नयाँ प्रकार तिब्रगतिमा फैलन सक्ने बताएका छन् । वैज्ञानिकले नयाँ प्रकारको भाइरस पुष्टि भएका १७ सय जनामा अध्ययन गरेका थिए । उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ प्रकारका कारण अस्पताल भर्ना हुनेको संख्या पुरानो प्रकारको तुलनामा खासै अन्तर छैन ।

कोरोनाको नयाँ प्रकारबाट संक्रमितमा पनि पहिले जति नै गम्भीर लक्षण देखिएको छ । तर पनि यो भाइरस तिब्र गतिमा फैलने भएकाले संक्रमितको संख्या बढ्ने चेतावनी भने दिएका छन् ।

बेलायतमा नयाँ प्रकारको भाइरस पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार बेलायतमा ५३ हजार नयाँ संक्रमित थपिँदा ४ सय बढीको मृत्यु भएको थियो । भारतमासमेत नयाँ प्रजातिको कोरोना ६ जनामा पुष्टि भइसकेको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL