काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समिति र फोरममा सभापति नियुक्त गरेको छ । महासंघ पदाधिकारीको शुक्रबार बसेको बैंठकले समिति र फोरमका सभापति नियुक्त गरेको हो ।
पदाधिकारी बैंठकले महासंघका विधान अनुसार विभिन्न समितिको सभापतिहरु नियुक्त गरेको हो । जसमध्ये बैंक फाइनान्स तथा इन्स्योरेन्स समितिको सभापतिमा साहिल अग्रवाल, घरेलु तथा साना उद्योग समितिको सभापतिमा डिवी वस्नेत, सिप सचेतना तथा तालिम विकास समितिको सभापतिमा हेमराज ढकाल, सुचना तथा संचार समितिमा मंगेशलाल श्रेष्ठ, उद्योग कमिटिमा भरत आचार्य, अन्तरराष्ट्रि लगानी प्रवद्र्धन कमिटिमा आनन्द बगडियालाई नियुक्त गरेको हो ।
यसैगरी स्थानीय अर्थ विकास कमिटिमा सुरकृष्ण बैद्य, स्थल यातायात कमिटिमा प्रकास सिंह कार्की, कर तथा राजस्व समितिमा सन्दिप अग्रवाल, व्यापार समितिको सभापतिमा विजय सिंह बैद्यलाई जिम्मा दिइएको छ । यसैगरी महासंघ पदाधिकारीले स्टार्टअफ तथा इनोभेशन समिति गठन गरेर सो समितिको सभापतिको जिम्मेवारी रञ्जित आचार्यलाई दिइएको छ ।
यसैगरी द्वराष्ट्रिय तथा एनआरएन फोरमको सभापतिमा देश बन्धु वस्नेत, एफएनसीसीआई एक्सेलेन्स अवार्ड एण्ड इभेन्टको सभापतिमा राजेश अग्रवाल, फिल्म तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, सामाजिक सेवा फोरमको सभापतिमा राजन श्रेष्ठ नियुक्त भएका छन् ।
यसैगरी महासंघ पदाधिकारीले नयाँ फोरमहरु गठन गर्दै क्यापिटल मार्केट फोरमको सभापतिमा अम्बिकाप्रसाद पौडेल र वैदेशिक रोजगार फोरम गठन गरेर सोको जिम्मेवारी विष्णु गैरेलाई दिईएको छ ।
महासंघमा रहेको निर्यात, ऊर्जा शहरी विकास तथा मेलाजस्ता समितिको सभापति नियुक्त गर्न बाँकी रहेको ती पदमा पनि केही दिनभित्रमा टुङ्गो लगाईने महासंघका एक पदाधिकारीले जानकारी दिए । साथै सबै पदहरुको शुक्रबार अबेर टुङ्गो लागेको र आईतबार मात्रै माईन्युट गरिने समेत महासंघ स्रोतले जानकारी दिएको छ ।
यसैगरी पदाधिकारी बैंठकले महासंघले प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतमा रहेको मेलमिलाप केन्द्रमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई पठाउने निर्णय गरेको छ ।