Logo

सरकारी कम्पनी टाट पल्टेपछि चीनमा संकट, विश्व अर्थतन्त्र पुनरुत्थानमै धक्का

सरकारी कम्पनी टाट पल्टेपछि चीनमा संकट, विश्व अर्थतन्त्र पुनरुत्थानमै धक्का



काठमाडौं । पछिल्लो समय चीनीयाँ सरकारको स्वाम्तिवमा रहेका विभिन्न कम्पनीहरु ऋणमा डुबेसँगै चीनीयाँ अर्थतन्त्र नै जोखिमतर्फ उन्मुख भएको छ । यसले चीनको अर्थतन्त्र धराशायी हुनसक्ने अर्थशास्त्रीहरु बताउँछन् । चीनमा देखिएको यो समस्याले विश्वभरी फैलिएको कोरोना भाईरसको महामारीबाट प्रभावित अर्थतन्त्र पुरुत्थानमा समेत धक्काल लाग्ने बताईएको छ ।

फिच रेटिङका अनुसार गत जनवरीदेखि अक्टोबरसम्म मात्रै चीनको विभिन्न प्रान्तमा रहेका सरकारी स्वामित्वका कम्पनीहरुमा ४० विलियन युआन अर्थात ६ दशमलव १ विलियन अमेरिकी डलर बराबरको खराव कर्जा संचित छ । यो पछिल्लो २ बर्षमा संचित खराब कर्जा बराबर हो ।

पछिल्लो केही हप्तामामात्रै यस्तो समस्या व्यापक रुपमा बढेको बताइएको छ । चीनका केही प्रमुख कम्पनीहरु जस्तै ः बीएमडब्लुको चिनियाँ पार्टनर ब्रिलियन्स अटो ग्रुप, स्मार्टफोनको चिप बनाउने सीङ्घुवा युनिग्रुप र योङचेङ कोल एन्ड ईलेक्ट्रीसीटीले भने आफुले लिएको ऋण तिर्न नसकिने अर्थात टाट पल्टेको घोषणा गरिसकेका छन् । जसका कारण विश्व ऋणबजारमा नै ठूलो झट्का लागेको छ । लगानी घट्ने र ब्याजदरमा वृद्धि हुँदा सरकारी स्वामित्वका कम्पनीको सेयर मूल्य पनि खस्किँदो छ ।

यस्ता जोखिममा परेका कम्पनीहरुलाई राज्यले नहेरेको खण्डमा कम्पनीहरु ठूलो मारमा पर्ने बताईएको छ । यस्तै कम्पनीहरु धरापमा परेकै कारण चीनका प्रदेशहरुका अर्थव्यवस्थामासमेत ठूलो असर पर्ने बताईएको छ । चीनका प्रदेशहरुको एक तिहाइ जिडिपी ओगट्ने यस्ता कम्पनीहरुले आधाभन्दा बढी बैंकमार्फत लोन लिएका हुन्छन् । पिपुल्स बैंक अफ चाईनाका अनुसार देशको ९० प्रतिशत बढी कर्पोरेट बोन्डसमेत यस्ता कम्पनीले उठाएका हुन्छन् ।

अब देशलाई आर्थिक संकटबाट बचाउनका लागि सरकारले सहयोग गर्नुपर्ने र नगरे देश नै आर्थिक संकटमा पर्ने चाईना मार्केट रिसर्चस्थित रोडियम ग्रुपका निर्देशक लोगन राईट बताउँछन् ।

पछिल्लो समय कोरोना कहरकै कारण कम्पनीमा उत्पादन बन्द हुँदा बैंकबाट लिएको ऋण तिर्न सकिने अवस्था नरहादा चीनको अर्थतन्त्र नै धरापमा परेको विश्लेषण गरिएको छ । यसबाट कमपनीहरुलाई पुनर्जीर्वित गर्न राज्य र कम्पनीका बीच सम्बन्ध बनाईराख्नुपर्ने अवस्था आएको विज्ञहरु बताउँछन् ।

विश्वकै सबैभन्दा शक्तिशाली अर्थतन्त्रतिर उन्मुख चीनीयाँ अर्थतन्त्र यस्तो समस्याले उथलपुथल हुनसकने बताईएको छ । अन्तरराष्ट्रिय मुद्रा कोषले चीनको अर्थतन्त्र यो बर्ष १ दशमलव ८ प्रतिशतले बढ्ने बताईरहँदा आफ्नै स्वामित्वमा रहेका कम्पनीहरुको अवस्थाका कारण आर्थिक वृद्धिको यो लक्ष्य पनि पूरा नहुने अनुमान गर्न थालिएको छ । – सिएनएनबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL