Logo

कोरोना भाइरसविरुद्धको खोप निर्माता कम्पनीले भन्यो-‘नयाँ भ्याक्सिनले अर्को जाडोयामसम्ममा जनजीवन सामान्य हुनेछ’

कोरोना भाइरसविरुद्धको खोप निर्माता कम्पनीले भन्यो-‘नयाँ भ्याक्सिनले अर्को जाडोयामसम्ममा जनजीवन सामान्य हुनेछ’



काठमाडौं । कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनले आगामी गृष्मयाममा ठूलो प्रभाव देखाउने र अर्को वर्ष जाडो शुरु हुुँदासम्म जनजीवन सामान्य अवस्थामा फर्कनसक्ने बायोनटेक कम्पनीका सहसंस्थापक उर साहिनले बताएका छन् ।

जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले मिलेर तयार गरेको जाब नामक नयाँ भ्याक्सिनले तेस्रो चरणको परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारीता देखाएको छ, यस परीक्षणमा झन्डै ४३ हजार मानिसहरु सहभागी थिए ।

साहिनले कोरोनाको फैलावटमा कमी आउने र संक्रमित संख्या नाटकीय रुपमा कम हुने आशा पनि व्यक्त गरेका छन् ।

बीबीसी वानका एन्ड्रियु मारसँगको अन्तर्वार्तामा प्रोफेसर साहिनले कोरोनाको फैलावट यस भ्याक्सिनले कम गर्ने विश्वास रहेको बताए । ‘म धेरै विश्वस्त छु, कि मानिसहरुबीच कोरोनाको फैलावटलाई यस्तो अति प्रभावकारी भ्याक्सिनले कम गर्नेछ, ९० प्रतिशतले नहुनसक्छ तर ५० प्रतिशतले हुनसक्छ । तर हामीले यो बिर्सनहुन्न कि यतिले पनि महामारीको फैलावटमा नाटकीय कमी ल्याउनसक्छ,’ उनले भनेका छन् ।

६ वटा देशमा परीक्षण गरिएको जाब भ्याक्सिनका दुुई डोज तीन साताको अन्तरमा परीक्षण सहभागीहरुलाई लगाइएको थियो । बेलायतले यसै वर्षको अन्त्यसम्म १ करोड जाब डोज भ्याक्सिन पाउने अपेक्षा गरिएको छ, थप ३ करोड डोजका लागि पनि बेलायतले अहिल्यै अर्डर गरिसकेको छ । बीबीसीका अनुसार वृद्धवृद्धा र केयर होम्समा काम गर्ने कर्मचारी प्राथमिकतामा पर्नसक्छन् ।

यसअघि जाब भ्याक्सिनको प्रभावकारीतबारेको समाचार गत सोमबार सार्वजनिक भएलगत्तै अक्सफोड विश्वविद्यालयका प्राध्यापक सर जोन बेलले आगामी वसन्तसम्म जनजीवन सामान्य अवस्थामा फर्कनसक्ने विश्वास व्यक्त गरेका थिए ।

‘म सायद यस्तो भन्ने पहिलो व्यक्ति हुनसक्छु । तर, मैले केही विश्वासका आधारमा यस्तो भनेको छुु,’ उनले दाबी ग्रेका थिए । यद्यपी, प्रोफेसर साहिनले यो अवस्था लामो हुने बताएका छन् । ‘यदी सबै कुुरा यसरी नै राम्रो चल्यो भने यसैवर्षको अन्त्यसम्म भ्यासिक्न वितरण सुरु हुन्छ,’ साहिनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL