Logo

कोरोनालगायत भाईरस नियन्त्रण गर्न वैज्ञानिकहरुले नयाँ विधि उपयोग गर्दै : ढल र सामाजिक सञ्जाल निगरानी

कोरोनालगायत भाईरस नियन्त्रण गर्न वैज्ञानिकहरुले नयाँ विधि उपयोग गर्दै : ढल र सामाजिक सञ्जाल निगरानी



काठमाडौं । पछिल्लो समय विश्वको टाउको दुखाई बनेको कोरोना भाइरस (कोभिड–१९) को नियान्त्रणका विभिन्न देश र वैज्ञानिकहरुलृ विभिन्न उपायहरु खोजिरहेका छन् । यसैक्रममा वैज्ञानिकहरुले कोरोनालगायतका विभिन्न सरुवा रोगहरुको नियन्त्रणका लागि ढलमा विशेष निगरानी गर्ने भएका छन् ।

पछिल्लो समय वेस्ट वाटरमा यस्ता भाईरसहरु भेटिएपछि विभिन्न अनुसन्धाताहरुले यसमा विशेष ध्यान दिने नीति लिएका हुन् । हाल विभिन्न शहरहरुमा कोरोना भाईरस नियन्त्रणका लागि ढलको निगरानी बढाईएको छ ।

जसअनुसार अमेरिकास्थित युएस विश्वविद्यालयले पनि ईटाली, स्पेन, फ्रान्सलगायत विभिन्न देशका शहरहरुमो ढलको निगरानी गरिरहेको बताएको छ । उक्त विश्वविद्यालयका विभिन्न ३०० विद्यार्थीहरुले कोरोना भाईरस नियन्त्रणका लागि भन्दै ढल निकासको उचित निगरानी गरिरहेका छन् ।

प्रायः विरामी मानिसहरु विभिन्न अस्पताल धाउने क्रमले संक्रमण दर बढ्दो हुन्छ । अर्कोतर्फ यस्तो बेला कतिपय संक्रमितहरु अस्पताल जानसमेत मन गर्दैनन् र घरमै मृत्युको सिकार हुने गर्दछन् । जसका कारण उनीहरुको मृत्युको कारण खुल्नसमेत सक्दैन ।

सोहीअनुसार विभिन्न ढलको निगरानीका कारण समुदायमा कुन रोकगको प्रकोप रहेको छ भनी जान्न वा थाहा पाउन मद्दत मिल्ने हुनाले वैज्ञानिकहरुले ढलको पानीको अनुसन्धान गरिरहेको बताइएको छ ।

कुनैपनि समुदायका मानिसहरुको रोग, संक्रमणलगायत अन्य विभिन्न प्रकारका विकारहरु जम्मा हुने स्थान नै ढल हुन्छ । कुनै व्यक्तिले नुहाउँदा होस या मुख धुँदा हो उक्त शरिरको पानी ढलमा मिसिन्छ । सोही ढलको पानीलाई जम्मा गरेर केन्द्रिय अनुसन्धान केन्द्रमा लिईन्छ र अनुसन्धान गरिन्छ ।

यस्तो वेस्टवाटरको निगरानी गर्ने विधि विश्वमा पोलियो रोगको प्रकोप बढिरहेको बेलामा सन १९६०को दशकमा गरिएको हो । ढल निगरानी गर्ने विधि अनुसन्धाताहरुले पोलियो खोप लगाउन सुरु हुनुभन्दा अघिदेखि पोलियो खोपको अन्त्य हुँदासम्म गरेका थिए ।

सोही बेलादेखि ढलको निगरानीमा विशेष ध्यान दिन थालिएको अनुसन्धाताहरु बताउँछन् । वैज्ञानिकहरुले हालसम्म यस्ता भाईरसहरुको प्रकोप भएको अवस्थामा ढलको निगरानी बढाउने प्रक्रियालाई आत्मसाथ गर्नुपर्ने बताउँदै आएका छन् । साथै यस्तो निगरानीले विभिन्न भाईरसको प्रकोपको बारेमा भविष्यवाणीदेखि निर्मुलसमेत पार्नसक्ने क्षमता राख्ने उनिहरुको भनाई छ ।

यस्तै अनुसन्धाताहरुले ढलको निगरानीपछि सामाजिक सञ्जालको निगरानी विधिको पनि सोहीअनुसारको अवलम्बन गर्ने नीति लिएको बताएका छन् । जसअनुसार कुनै समुदाएको ढलमा कुनै किसिमको संक्रमण पाईएमा वास्तवमा कुन व्यक्तिलाई यस्तो संक्रमण भएको हो भनी बुझ्न सामाजिक सञ्जाल निगरानी गरिन्छ । उक्त समुदायमा उक्त भाईरससँग सम्बन्धित लक्षणहरु देखिएका मानिसहरुको खोजी गरिन्छ र उनिहरुलाई अलग्याईन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL