Logo

ढकाल प्यानलबाट एशोसिएट्स, बस्तुगत र जिल्ला सदस्यको उम्मेदवारी दर्ता, ढकाल भन्छन्, दातृनिकाय, सरकार र निजीक्षेत्रबीच सहकार्य गर्न मेरो नेतृत्वको टीम आवश्यक

ढकाल प्यानलबाट एशोसिएट्स, बस्तुगत र जिल्ला सदस्यको उम्मेदवारी दर्ता, ढकाल भन्छन्, दातृनिकाय, सरकार र निजीक्षेत्रबीच सहकार्य गर्न मेरो नेतृत्वको टीम आवश्यक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलिङको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताएका छन् । ‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं,’ आफ्नो टीमका सदस्यहरुको उम्मेदवारी दर्ता कार्यक्रममा उनले भने, ‘तसर्थ मेरो नेतृत्वको टीमले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघको तर्फबाट अफ सशक्त रुपमा नीतिगत रुपमा व्यवसायीक मैत्री वातावरण बनाउन सररकारसँग लविङ गर्नेछ ।’

यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जित सुनिश्चित रहेको बताए । ‘बाहिरबाट शब्दको जाल बुनेर महासंघको शुद्धिकरण र सुदृढिकरण भनेर मात्रै नेनृत्वमा पुगिने होइन,’ प्रधान प्यानललाई इगिंत गर्दै उनले भने, ‘चुनाव भनेको दौड हो यसमा जो सक्षम छ जो दौडन सक्छ उ नै नेतृत्वमा पुग्ने छ ।’ साथै उक्त दौडका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम नै सबल र सक्षम भएको उनको दावी थियो ।

ढकाल प्यानलबाट आज जिल्ला तथा नगर, बस्तुगत र एशोसिएट्सतर्फतबाट सदस्यबाट उम्मेदवारी दर्ता गराएका छन् । जसमा बस्तुगततर्फ ढकाल प्यानलबाट सदस्यहरुमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । आजसम्म ढकाल प्यानलबाट ११ जनाको उम्मेदवारी दर्ता गराएको र बाँकी ३ जनाको केही दिनभित्रै टुंगो लगाउने तयारी भईरहेको महासंघ कृषि उद्यम केन्द्रका उपसभापति एवं वस्तुगततर्फका केन्द्रिय सदस्यका उम्मेदवार हेमराज ढकालले जानकारी दिए ।

यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल प्यानलबाट आजै अकोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । साथै ढकाल प्यानलबाटै यसअघि राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेका छन् । साथै बाँकी केही साथीहरुले पनि केहीदिनभित्रै सदस्य पदमा उम्मेदवारी गर्दा गराउने ढकाल प्यानलका जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीले जानकारी दिए ।

यसैगरी एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित वस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्यहरुले पनि केही दिनभित्रै आआफ्नो उम्मेदवारी गर्दा गराउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL