Logo

बैरागी मुख्य सचिव नियुक्त, युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूतमा सिफारिस

बैरागी मुख्य सचिव नियुक्त, युवराज खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूतमा सिफारिस



काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले यसअघि मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदैछ ।

यसैगरी युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL