Logo

अब कोरोना संक्रमित अस्पताल भर्ना हुनु नपर्ने, नयाँ औषधिले काम गरेको परीक्षणपछि पुष्टि

अब कोरोना संक्रमित अस्पताल भर्ना हुनु नपर्ने, नयाँ औषधिले काम गरेको परीक्षणपछि पुष्टि



काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी औषधिको अनुसन्धानको क्रममा सकारात्मक उपलब्धि हासिल भएको छ । ईन्डियाना पोलिस अन्तरगतको एक औषधि कम्पनी लिल्लीले शरीरमा एन्टिबडी उत्पादनमा सहयोग पुर्याउने एक औषधिले कोरोना संक्रमित अस्पताल भर्ना हुनबाट बचाउने बताएको छ ।

हालसम्म कोरोना भाईरसविरुद्धको कुनै औषधि नबनिसकेको अवस्थामा कम्पनीले उत्पादन गरेको औषधिले राम्रो काम गरेको अध्ययन प्रतिबेदनमा उल्लेख छ ।

उक्त औषधिको परिक्षणलाई ११ दिनमा मानव शरिरबाट कोरोनाका भाईरसहरुलाई घटाउँदै लैजाने प्रक्रियाका रुपमा परीक्षण गरिएको थियो । र सो औषधि परिक्षण गरिएका धेरैजसो बिरामीहरुको शरिरबाट कोरोना भाईरस ह्रास हुँदै गएको पाईएको थियो ।

यसैले शरिरमा एन्टिबडी उत्पादन गर्ने औषधिले समेत मानव शरीरबाट कोरोना भाईरस निर्मूल पार्न सहयोग गर्ने प्रोफेसरहरुले बताएका छन् । साथै उक्त औषधिको परीक्षण अझै जारी छ ।

औषधि उत्पादन गर्ने कम्पनीले नियमनकारी निकायहरुलाई उक्त औषधिको परीक्षणका लागि माग गरेको छ । नर्थ क्यारेलिना विश्वविद्यालयका भाईरोलोजिस्ट डा. माईरोन कोहेन आफु उक्त औषधिको बारेमा थाहा पाएपछि उत्साहित भएको बताएका छन् । उनले यस्ता औषधिका कारण अस्पतालको बसाईसमेत छोट्याउन सकिन बताए ।

एन्टिबडी एक प्रोटिन हो । जसले हाम्रो शरिरमा कुनै प्रकारको संक्रमण भएको खण्डमा त्यसका भाईरसलाई निर्मूल पार्न ठूलो सहयोग पुर्याउँछ । साथै पछिल्लो समय जिउँदा मानिसहरुको रगतलाई संक्रमितकोमा प्रयोग गर्न थालिएको छ । जसका कारण संक्रमितको शरिरमा पर्याप्त मात्रामा एन्टीबडी उत्पादन होस र भाईसरसँगै लडन सकियोस । तर, यस्तो कार्य व्यापक मात्रामा गर्न भने एकदमै मुश्किल छ ।

तर, लिल्लीलगायतका कम्पनीले बनाईरहेको एन्टिबडी भने ठुलो संख्यामा उत्पादनसमेत गर्न सकिने भएकाले यसको माग पनि बढ्ने अनुमान गरिएको छ ।

लिल्ली र क्यानेडियन कम्पनी एबी सेल्लेराले विभिन्न ४ सय ५० जनामा उक्त एन्टीबोडीको परिक्षण गरेका थिए । तर उनिहरु कसैलाई पनि अस्पताल भने भर्ना गरिएको थिएन । लिल्ली नामक कम्पनीले आफुले ठूलो मात्रामा उक्त एन्टिबडी औषधि उत्पादन गरिरहेको बताएको छ । एपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL