Logo

आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेबाट सञ्चालन गर्ने मन्त्रिपरिषदको निर्णय

आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेबाट सञ्चालन गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं। सरकारले आन्तरिक उडान र लामो दूरीका यातायात आगामी असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले असोज ५ गतेबाट यी दुवै सेवा संचालन गर्न अनुमति दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थियो ।

अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो । यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ ।

त्यस्तै, आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्