Logo

यी हुन् विश्वमै सबैभन्दा बढी नाफा आर्जन गर्ने मुख्य १० कम्पनी

यी हुन् विश्वमै सबैभन्दा बढी नाफा आर्जन गर्ने मुख्य १० कम्पनी



काठमाडौं । विश्वमा हाल करोडौं कम्पनीहरु अस्तित्वमा छन् । जसको मुख्य ध्येय नाफा कमाउने हुने गर्छन । आफ्नो उत्पादन वा सेवाको व्यापारमार्फत यस्ता कम्पनीहरु बढीभन्दा बढी नाफा कमाउने होडमा रहेको देखिन्छ ।

विश्वमा सबैभन्दा धेरै कुन कम्पनीले आम्दानी गर्छन भन्ने चासो धेरैको पनि रहेको देखिन्छ । विश्वकै सबैभन्दा बढी फाईदा कमाउने कम्पनीहरुको अध्ययन गर्दै गर्दा यसले विश्वमा आथिकै सबैभन्दा धनी र आर्थिक रुपले सबल देश पनि झल्काउँछ ।

विश्व अर्थव्यवस्थामा सबैभन्दा अग्रगामी छलाङ मार्ने अमेरिका र चीनमा भने सबैभन्दा बढी फाईदा कमाउने कम्पनीको प्रतिनिधित्व गर्छन । जसअनुरुप धेरै फाईदा कमाउने प्रमुख १० कम्पनीमध्ये आधा अमेरिकी कम्पनी छन भने आधार चिनियाँ छन् ।

अमेरिकी अथवा क्यानेडियन एक्सचेन्जमा सूचीवद्ध कम्पनीहरु यो समुहमा समावेश गरिएको छ । अमेरिकाका ५ कम्पनीमध्ये ४ ओटा टेक कम्पनीहरु उक्त सूचीमा परेका छन् ।

यस्तै त्यसमध्ये २ कम्पनी भने विश्वकै धेरै फाईदा कमाउने उच्च २ कम्पनीमा पर्न सफल पनि भएका छन् । प्रविधिमुलक कम्पनीमा कम्प्युटर सफ्टवेयर निर्माण गर्ने कम्पनी र कम्प्युटर ईलेक्ट्रोनिक कम्पनी पर्दछन् ।

साथै उक्त सूचीमा अन्य ४ कम्पनी भने चिनियाँ कम्पनी रहेका छन् । उक्त ४ कम्पनीहरुले चीनको सरकारीस्तरबाटै वित्तीय सहुलियत पाईरहेका हुन्छन् ।

यी हुन सबैभन्दा बढी फाईदा कमाउने प्रमुख १० कम्पनीहरु :

१. एप्पल इन्कर्पोरेसन
यो सूचीको पहलिो नम्बरमा ईलेक्ट्ररोनिक डिभाईसहरु निर्माता कम्पनी एप्पल रहेको छ । जसले मोबाईल, म्युजिक प्लेयर, मिडिया डिभाईसलगायत बेच्ने गरेको छ । कम्पनीले पछिल्लो १२ महिनामा ५८ बिलियन डलर आर्जन गरेको छ । कम्पनीले राजश्व मात्रै २ सय ७३ बिलियन डलर बुझाएको छ । एप्पलका स्मार्टफोन तथा ल्यापटप, नोटबुकहरु विश्वमै लोकप्रिय रहेका छन् ।

२. माईक्रोसफ्ट कर्पाेरेशन
सूचीको दोश्रो स्थानमा माईक्रोसफ्ट एक सफ्टवेयर कम्पनी हो । यसले विभिन्न सफ्टवेयरहरु निर्माण गरी विक्री गर्ने गर्दछ । कम्पनीले पछिल्लो १२ महिनामा ४४ बिलियन डलर आर्जन गरेको छ । भने राजस्व मात्रै १ सय ४३ डलर बुझाएको छ । धेरैजसो कम्युटरमा उपयाग भइरहेको विन्डोजको व्यापारबाट कमपनीले सबैभन्दा धेरै आम्दानी गर्दछ । यस्तै कम्पनीले ल्यापटप, नोटबुक तथा स्मार्टफोनलगायत विभिन्न उत्पादन पनि गर्दै आएको छ ।

३. इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाईना
सूचीको तेश्रो स्थानमा रहेको चीनको यो बैंकले पछिल्लो १२ महिनामा ४१ बिलियन डलर आर्जन गरेको छ । कम्पनीले राजस्व मात्रै १२२ बिलियन डलर बुझाएको छ । कम्पनीले स्टक मार्केटबाट १० प्रतिशत नाफा कमाएको छ ।

४. चाईना कन्स्ट्रक्सन बैंक
सूचीको चौथो स्थामनमा रहेको यो बैंकले एक बर्षभरी ३५ बिलियन डलर आर्जन गरेको छ । जसमध्ये १ सय ४ बिलियन डलर बुझाएको छ । कम्पनीको मार्केट क्याप १ सय ७३ बिलियन डलरको छ भने मार्केटबाट १ दशमलव ७ प्रतिशत नाफा कमाएको छ ।

५. अल्फाबेट इन्कर्पोरेसन
सूचीको पाँचौं स्थानमा रहेको सर्च इन्जिन गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १ बर्षमा ३१ बिलियन डलर आर्जन गरेको छ । कम्पनीले पछिल्लो १ बर्षमा १ सय ६६ बिलियन डलर बुझाएको छ भने मार्केट क्याप १ दमलव १ ट्रिलियनको छ । साथै कम्पनीले मार्केटबाट एक बर्षमा ३३ प्रतिशत नाफा रिटर्न गरेको छ ।

६. एग्रिकल्चरल बैंक चाईना
सूचीको छैटौं स्थानमा रहेको चीनको कृषि बैंकले १ बर्षमा २८ बिलियन डलर आर्जन गरेको छ । यस्कै बैंकले राजस्व मात्रै ९१ बिलियन बुझाएको छ । बैंकको मार्केट क्याप १ सय १२ बिलियन रहेको छ ।

७. जेपी मोर्गन
सूचीको सातौ स्थानमा रहेको जेपी मोर्गन कम्पनीले पछिल्लो १ महिनामा २५ बिलियन डलर आर्जन गरेको छ । यस्तै कम्पनीको मार्केट क्याप हाल ३ सय १५ बिलियन डलर रहेको छ । भने कम्पनीले पछिल्लो १ बर्षमा ३ सय १५ बिलियन डलर तिरेको छ ।

८. अलिबाबा
सूचीको आठौं स्थानमा चिनियाँ ईकमर्स कम्पनी अलिबाबा रहेको छ । जसले पछिल्लो एक बर्षमा २४ बिलियन डलर आर्जन गरेको छ । कम्पनीले एक बर्षमा ७७ बिलियन डलर राजस्व तिरेको छ । कम्पनीले मार्केटबाट ६१ प्रतिशत रिटर्न गरेको छ ।

९. बैंक अफ चाईना
बैंक अफ चाईनाले १ बर्षमा २४ दशमलव ८ बिलियन डलर कमाउँदै सूचीको आठौं स्थानमा परेको छ । कम्पनीले राजस्व मात्रै ७९ बिलियन डलर तिरेको छ । भने कम्पनीको मार्केट क्याप ९४ बिलियन डलर रहेको छ ।

१०. इन्टेल कर्पाेरेशन
सूचीको दशौं स्थानमा चिप निर्माता कम्पनी ईन्टेल रहेको छ । इन्टेलले १ बर्षमा २३ बिलियन डलर आर्जन गरेको छ । कम्पनीले ७९ बिलियन डलर राजस्व तिर्दा मार्केट क्याप भने २ सय १३ बिलियन डलर रहेको छ । – इन्भेष्टोपेडियाबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्