Logo

जग्गा कित्ताकाट सहज व्यवस्थासहित खुला, घडेरी किनबेच गर्न खोज्नेलाई सहज हुने

जग्गा कित्ताकाट सहज व्यवस्थासहित खुला, घडेरी किनबेच गर्न खोज्नेलाई सहज हुने



काठमाडौं । सरकारले सहज व्यवस्थासहित जग्गाको कित्ताकाट खुला गरेको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले मन्त्रीस्तरिय निर्णयमार्फत जग्गा कित्ताकाटमा रहेको प्रतिबन्ध हटाएको हो ।

जग्गाको कित्ताकाट रोकिदा विकृति बढेको र सरकारलाई राज्शवसमेत घाटा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउन केही समयअघि सुझाव दिएको थियो ।

जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाएपनि घुमाउरो बाटोबाट जग्गाको कित्ताकाट नरोकिएको भन्दै अख्तियारले सुझाव दिएपछि मन्त्रालयले जग्गा कित्ताकाट खुलाउने तयारी गरेको थियो ।

मन्त्रालयले शुक्रबारदेखि नै नयाँ व्यवस्था अनुसार कित्ताकाटको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउादै भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचारसमेत गरेको छ । ३ वर्ष अगाडि मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएपनि विभिन्न प्रावधानका कारण जग्गाको कित्ताकाट झन्झटिलो रहेको थियो ।


मन्त्रालयको पछिल्लो निर्णपछि भने अब जग्गाको कित्ताकाट सहज हुने भएको छ । तर, सरोकारवालाहरुले भने सरकारको निर्णयले खेतीयोग्य जमिनमा खण्डीकरण बढनेभन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्