Logo

डब्लूएचओले पार्यो फेरि निराश, भन्यो– आगामी वर्षको मध्यसम्म पनि कोरोना खोप तयार होलाजस्तो छैन

डब्लूएचओले पार्यो फेरि निराश, भन्यो– आगामी वर्षको मध्यसम्म पनि कोरोना खोप तयार होलाजस्तो छैन



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ।

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताएका हुन्।

‘अहिलेसम्म परीक्षणमा रहेका कुनै खोप ५० प्रतिशत पनि प्रभावकारी हुने देखिएको छैन, उनले भने, ‘यसकारण अझै अनुसन्धानमा जोड दिन जरुरी छ ।’

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने अहिलेसम्म हात पार्न सकेका छैनन् ।
भ्याक्सिनको तेश्रो चरणको ट्रायल भईरहेको छ । ट्रायल पुरा भएपछि भ्याक्सीन ठूलो संख्यामा उत्पादन गर्न थालिनेछ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL