Logo

कोरोना भाईरसको भ्याक्सिन सबैभन्दा पहिले कसलाई लगाउनुपर्छ ? यस्तो छ वैज्ञानिकको निश्कर्ष

कोरोना भाईरसको भ्याक्सिन सबैभन्दा पहिले कसलाई लगाउनुपर्छ ? यस्तो छ वैज्ञानिकको निश्कर्ष



काठमाडौं । विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रयासहरु हुँदै आएका छन् ।

जसमधये कोरोनाविरुद्धको भयाक्सिन कोरोना संक्रमण नियन्त्रण र उन्मुलनमा सबैभन्दा प्रभावकारी हतियार हुनसक्ने आँकलन गरिएको छ । जसका लागि अहिले विश्वका धेरै राष्ट्रहरु भ्याक्सिन निर्माणको अन्तिम चरणमा छन् । तर, कोराना भाईरस विरुद्धको भ्याक्सिन तयार भएपछि कसलाई पहिला भ्याक्सिन दिनुपर्छ भन्नेमा अहिले बहसहरु भइरहेका छन् ।

यसै सन्दर्भमा बैज्ञानिकहरुले निश्चित समुहलाई ध्यानमा राखेर भ्याक्सिनेसनको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । अमेरिकास्थित रोग नियन्त्रण तथा राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान अन्तर्गत एकेडेमी अफ साईन्स, ईन्जिनियरिङ एन्ड मेडिसिनका विज्ञहरुको समूहले भ्याक्सिनको पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रका कर्मचारी र बालबालिका तथा वृद्धलाई राख्नुपर्ने बताएका छन् ।

पछिल्लो समय लक्षण नभएका संक्रमितहरुका कारण समुदायमा तिव्र रुपमा कोरोना भाईरसका केसहरु बढीरहेको बताउँदै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । यसमा खासगरी युवा समुह पर्ने गरेको विज्ञहरुको भनाई छ ।

समुदायमा सबैभन्दा तिव्र रुपमा कोरोना संक्रमण फैलाउने खालका मानिसहरुलाई केन्द्रमा राखेर भ्याक्सिनेसन गर्नुपर्ने बैज्ञानिकहरुको मत छ । यसअघि सन् २००९ मा आएको फ्लुको महामारीका कारण विश्वभर ५ लाख बढीको ज्यान गएको थियो ।

त्यसबेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले देशभर ईमर्जेन्सी लागु गर्नुपरेको थियो । तर, यसविरुद्धको खोप त्यो बर्षको अन्त्यमा तर १ करोड ६० लाख डोज मात्रै उपलब्ध हुनेगरी निर्माण गरिएको थियो । अमेरिकाको सरुवा रोग नियन्त्रण विभागलाई त्यसबेला पनि भ्याक्सिन कसलाई दिने भन्ने बिषयमा ठुलो आपत परेको थियो ।

अन्तमा अमेरिकाका सबै प्रान्तका प्रतिव्यक्ति आयका आधारमा शिशु, वृद्धवृद्धा तथा खतरामा रहेको मानिसलाई ध्यानमा राखेर उक्त भ्याक्सिनको वितरण गरियो । तर, विज्ञहरु भने भ्याक्सिनेसनका लागि सबैभन्दा चाँडो सरुवा रोग सार्न सहयोग पुर्याउने स्कुले बालबच्चाहरुलाई भने प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

यसअघिका अभ्यासबाट संक्रमितलाई सबैभन्दा पहिले भ्याक्सिन दिईयो भने चाँडोभन्दा चाँडो महामारीको फैलावट रोक्न सकिने देखिएको छ । पछिल्ला केही महिनाको अनुभवमा कोरोना परिक्षणसँगै यसको फैलावटलाई पनि जाँच गर्नु उत्तिकै आवश्यक छ ।

अर्थात १० प्रतिशत संक्रमितले अन्य ८० प्रतिशत मानिसमा उक्त भाईरस फैलाईसकेका हुन्छन् । जसमध्ये ४० प्रतिशत संक्रमितमा कुनै किसिमको लक्षण देखिएको हुँदैन जसलाई तिव्र रुपमा संक्रमण फैलाउने अर्थात सुपरस्प्रेडर भनिन्छ ।

यस्तो मानिसको समुहमा अहिलेको युवा पुस्ता पर्छ जसमा न कुनै संक्रमण देखिन्छ न उनिहरुलाई आफुलाई संक्रमण भएको पत्तो हुन्छ । तर, यस्ता मानिसले समुदायमा चाँडोभन्दा चाँडो संक्रमण फैलाउने काम गर्छन ।

उनिहरुको साथीहरुको समूह ठूलो हुन्छ । समुदायमा पनि घुमिरहने लक्षणका कारण संक्रमण फैलाउने प्रमुख हिस्साका रुपमा उनिहरुलाई लिईन्छ । हालको कोरोना भाईरस संक्रमण महामारीमा भ्याक्सिन बनेको खण्डमा यस्ता संक्रमितलाई भने सबैभन्दा प्राथमिकतामा राखेर भ्याक्सिनेसन गर्नुपर्ने विज्ञहरुको सुझाव छ । यसो गरिए समुदायमा कोरोना भाईरसको संक्रमण फैलने दरमा संकुचन आउनुका साथै संक्रमण रोकथाममा पनि उत्तिकै सहुलियत पुग्नेछ । याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL