Logo

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्रीबाट खतिवडाले आजै राजीनामा दिने

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्रीबाट खतिवडाले आजै राजीनामा दिने



काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । सो बैठकमा अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिने बताइएको छ । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दियो ।

६ महिनाअघि नै सांसद पद मुक्त भएका खतिवडा थिए संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए । तर, बहीबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो ।

योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको चर्चा सुरु भएको छ । स्रोतका अनुसार अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे छन् । अर्थमन्त्रीले आजै राजीनामा दिएपििन मुलुकले नयाँ अर्थमन्त्री भने नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै पाउने सम्भावाना रहेको नेकपाका एक नेताले बताए ।

खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

ता, राष्ट्रियसभामा जाने निश्चित भएका वामदेव गौतमले पनि उपप्रधानसहित अर्थमन्त्रालयको दावी गर्दै आएका छन् । तर गौतमको हकमा संसदको यो कार्यकालमा मन्त्री बन्न संविधान बाधक देखिने भएको छ । आजैको मनन्त्रपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्टपतिलाई सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL