Logo

कोरोना संक्रमणपछि शरीरको इम्युनिटी पावरमा ह्रास आउने खबर गलत, संक्रमितमा ४ महिनापछि एन्टीबडी भेटियो

कोरोना संक्रमणपछि शरीरको इम्युनिटी पावरमा ह्रास आउने खबर गलत, संक्रमितमा ४ महिनापछि एन्टीबडी भेटियो



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे दिनहुँ नयाँ तथ्य फेला परिरहेका छन् । विश्वव्यपाी महामारीका रुपमा रहेको कोरोनाबारे एक नयाँ अध्ययनअनुसार कोरोना भाईरसविरुद्धको एन्टीबडी संक्रमितको शरीरमा ४ महिनासम्म ९० प्रतिशतले बढ्ने देखिएको छ ।

आईसल्याण्डका नागरिकमा गरिएको अध्ययनमा कोरोना निको भईसकेको ४ महिनापछिसम्म मानव शरिरमा कोरोना भाईरससँग लड्ने क्षमतामा ९० प्रतिशतसम्मको वृद्धि हुने पाईएको हो ।

यसअघिका विभिन्न अध्ययनहरुमा कोरोना भाईरस संक्रमण निको भईसकेपछि इम्युनिटी पावरमा ह्रास आउने उल्लेख गरिएको थियो । र पुनः कोरोना संक्रमण हुने खतरा रहेको प्रति प्रश्नहरु खडा भएका थिए । तर, आईसल्याण्डबासी ३० हजार जनामा गरिएको इम्युनिटी पावरसम्बन्धी अध्ययनले यस्तो देखाएको हो ।

जसमध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५६ प्रतिशतमा भने पीसीआ टेष्ट गर्दा भाईरस संक्रमण पोजेटिभ भएको छ । १ हजार २ सय १५ जनामा गरिएको अनुसन्धानमा ९१ प्रतिशतमा भने संक्रमण भएको २ महिनासम्म एन्टीबडी रहेको पाईएको थियो ।

यस्तो एन्टीबडी रहेका मानिसहरुमा भने पुनः संक्रमण हुने खतरा भने कम हुने विज्ञहरुको भनाई छ । याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL