Logo

७० करोड भ्रष्टाचार काण्डमा अख्तियारले तान्यो विजय मिश्रलाई, दोषी गोकुल बास्कोटा कि मिश्र ?

७० करोड भ्रष्टाचार काण्डमा अख्तियारले तान्यो विजय मिश्रलाई, दोषी गोकुल बास्कोटा कि मिश्र ?



काठमाडौं । सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद र ७० करोड प्रकरणमा जोडिएका स्वीस कम्पनीका नेपाली एजेन्ट विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको दायरामा ल्याएको छ । अख्तियारले आज मिश्रको नाममा सुचना जारी गर्दै ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसन लेनदेनका लागि बार्गेनिङ गरेको अडियो मिश्रले बाहिर ल्याएसँगै अख्तियारले छानविन प्रक्रिया अघि बढाएको थियो । उक्त अिडयो काण्डपछि बास्कोटाले छानविनलाई सघाउने भन्दै मन्त्री पदबाटै राजिनामा दिएका थिए ।

तर पछिल्लो समय उक्त अडियोमा सत्यता नभएको भन्दै प्रचारप्रसामा आएपछि अख्तियारले उक्त अडियो सार्वजनिक गर्ने मिश्रलाई नै छानविनको दायरामा ल्याएको हो । उक्त प्रचारप्रसारसँगै मिश्र भागेर जापान गएको भन्ने समाचार विभिन्न संचार माध्यममा आएको थियो । तर मिश्रले भने आफू नभागेको र अहिले सोही काण्डको रेकर्डेड डिभाइस लिन जापान गएको दावी गर्दै मंगलबार मात्रै प्रेस वक्तव्य निकालेका छन् ।

तर अख्तियारले भने आजको मितिले ७ दिनमित्र आयोगको प्रहरी महाशाखा अनुसन्धान अधिकृतसँग सम्पर्कमा आउने निर्देशन दिएको छ । यदि उक्त समयावधि भित्र नआएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्