Logo

यी हुन नेपालको निर्यात व्यापार धानेका प्रमुख १० बस्तु, पाम आयलको निर्यातमा ७७ प्रतिशतको वृद्धि

यी हुन नेपालको निर्यात व्यापार धानेका प्रमुख १० बस्तु, पाम आयलको निर्यातमा ७७ प्रतिशतको वृद्धि



काठमाडौं । गत आर्थिक बर्ष नेपालले सबैभन्दा बढी निर्यात गर्ने बस्तुमध्ये पाम आयलको निर्यात ७७ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय नेपालको निर्यात व्यापारको सबैभन्दा धेरै हिस्सा ओगटेको पाम आयलको निर्यातले पछिल्लो २ बर्ष लगातार पहिलो स्थान छोडेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालले निर्यात गर्ने प्रमुख बस्तुहरुमा कार्पेट, धागो, जुटका सामान, अलैँची, जुस क्रमशः दोश्रो, तेस्रो, चौथो, पाँचौ, छैठौं र सातौ धेरै निर्यात हुने बस्तुमा परेका छन् । यीसँगै गत बर्ष टेक्सटाईल, तयारी पोशाक, पश्मिना र पीना पनि क्रमशः आठौं, नवौं र दशौं धेरै निर्यात हुने बस्तुमा परेका छन् ।

नेपालले गत बर्षभरी ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यातको व्यापार गरेकोमा सबैभन्दा बढी हिस्सा पाम आयलको रहेको छ । पाम आयलले गत बर्ष नेपालको निर्यात व्यापारमा १८ दशमलव ७ प्रतिशतको योगदान गरेको छ । यस्तै निर्यात योगदानको दोस्रो स्थानमा रहेको उनको कार्पेटले भने ६ दशमलव ३ प्रतिशतको हिस्सा ओगटेको छ । जुन गत बर्ष ६ अर्ब १५ करोड रुपैयाँबराबरको निर्यात भएको छ ।

अघिल्लो बर्षको तुलनामा गत बर्ष नेपालबाट ७७ दशमलव ३ प्रतिशत बढी पाम आयलको निर्यात भएको छ । अघिल्लो बर्षभरी १० अर्ब ३३ करोड रुपैयाँ बराबरको पाम आयलको निर्यात भएकोमा गत बर्ष भने १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको छ । नेपालले विभिन्न देशबाट कच्चा पाम आयल ल्याएर भारतलगायत देशहरुमा रिफाईन गरी बेच्ने गरेको छ । पाम आयलका लागि भारत सबैभन्दा ठूलो बजार पनि हो ।

राष्ट्र बैंकका अनुसार गत बर्ष पाम आयलको निर्यातमा ठुलो वृद्धि भएपनि निर्यात हिस्सा बढी रहेका अन्य बस्तुहरुको निर्यात वृद्धि भने घटेको छ । भारतलगायतका देशहरुले कुखुरालगायतका घरपालुवा जनावरको दाना बनाउनका लागि पिनाको आयात गर्ने गरेका छन् । जुन गतबर्षभरी नेपालबाट १ अर्ब ५६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL