Logo

कोरोनाका कारण शोधनान्तर बचत हालसम्मकै उच्च, वैदेशिक लगानी ४९ प्रतिशतले बढ्दा विदेशी मुद्रा संञ्चितीमा सुधार

कोरोनाका कारण शोधनान्तर बचत हालसम्मकै उच्च, वैदेशिक लगानी ४९ प्रतिशतले बढ्दा विदेशी मुद्रा संञ्चितीमा सुधार



काठमाडौं । कोरोनाको कारण देशको शोधनान्तर स्थितीमा सुधार भएको छ । कोरोनाका कारण आयात खुम्चिदा शोधनान्तर बचतमा सुधार आएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ अनुसार आर्थिक वर्ष २०७६/७७ मा देशको शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । तर आर्थिक बर्ष २०७५/७६ मा यस्तो बचत अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको थियो ।

देशको शोधनान्तर स्थिती हालसम्मकै उच्च रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । तर देशको कुल ग्राह्स्थ्य उत्पादनसँगको तुलनामा भने २०७२ पछिको पहिलो पटक उच्च हो । भुकम्प पश्चात २०७२ मा देशको शोधनान्तर बचत जिडीपीको ८.४ प्रतिशत हाराहारीमा थियो भने अहिले ७.५ प्रतिशत रहेको छ ।

यसैगरी सो अबधिमा चालू खाता घाटा पनि ८७.९ प्रतिशतले घट्दै ३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत ट्रान्सफर पनि ८.१ प्रतिशतले घटी १४ अर्ब २१ करोड रुपैयाँ कामय भएको छ ।

यसैगरी सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा नेपालमा भित्र्ने खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रुपैयाँ रहेकोमा गत आवमा वृद्धि भई १९ अर्ब ४८ करोड भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी सो अबधिमा विदेशी विनिमय सञ्चिनीमा पनि उल्लेखनीय सुधार भएको छ । २०७६ असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा आईपुग्दा बढेर १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा २०७७ असार मसान्तमा आईपुग्दा बढेर १ खर्ब ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

कोरोनाको कारण नेपालको आयात व्यापारमा उल्लेखनीय गिरावट आउँदा देशको शोधनान्तर बचत उच्च हुनुका साथै विदेशी मुद्रा संञ्चितीमा समेत उल्लेखनीय सुधार आएको छ । नेपालको ठूलो रकम आयातमा खर्च हुँदै आएकोमा कोरोना पछि आयातमा ठूलो गिरावट आउँदा शोधनान्तर स्थिती र विदेशी मुद्रा सञ्चिती दुबैमा सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL