Logo

के कोरोना संक्रमण बच्चाहरूमा ज्वरो जस्तै फैलिन सक्छ ? यस्तो छ अध्ययनको निष्कर्ष

के कोरोना संक्रमण बच्चाहरूमा ज्वरो जस्तै फैलिन सक्छ ? यस्तो छ अध्ययनको निष्कर्ष



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको फैलावटमा बच्चाहरू ठूलो कारक हुँदैनन् विभिन्न तथ्यहरु सार्वजनिक भइरहेको अवस्थामा पछिल्लो एक अध्ययनले भने सबैलाई झस्काउन सक्छ ।

जर्नल अफ पेडियाट्रिक्समा प्रकाशित एउटा अध्ययनमा यस्तो निष्कर्ष प्रस्तुत गरिएक छ कि बच्चाहरू कोभिड–१९ महामारीमा ‘संक्रामक सम्भावित स्रोत’ हुन सक्छन् । जुन अध्धयनलाई एक पूर्वप्रमाणका रुपमा स्वीकारिएको पनि छ ।

अध्ययनको लागि, म्यासाचुसेट्स जनरल अस्पताल र हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले २२ बर्ष उमेर सम्मका १९२ बच्चाहरूको अध्ययन गरे । ती मध्ये ४९ परीक्षणमा सार्स–कोभ २ को लक्षण भेटियो जो कोभिड–१९ संक्रमणको कारण बन्न सक्छ । यस्तै र १९ जनालाई मल्टिस्टाइम इन्फ्लेमेटरी सिन्ड्रोम थियो जसले बच्चाहरूमा कोभिड–१९ को लक्षणको रुपमा शरीरको विभिन्न अंगहरू फुलाउने गर्छ ।

अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि संक्रमित बच्चाहरूमा नाक र घाँटीमा सार्स–कोभ २ को ‘उल्लेखनीय उच्च स्तर’ थियो (जसलाई ‘भाइरल लोड’ पनि भनिन्छ) । जसले वयस्कहरू कोभिड–१९ को संक्रमणले गम्भीर रूपले अस्पतालमा भर्ना गरिएको थियो ।

अध्ययनका अन्वेषकहरूले चेतावनी दिएका छन् कि यसले स्कूलहरू फेरि खोलेमा ठूलो असर पर्न सक्छ । ‘यदि स्कूलहरू आवश्यक सतर्कताहरू बिना पूर्ण रूपमा पुनः खोल्ने हो भने सम्भव छ कि बच्चाहरूले यस महामारीको बिस्तारमा ठूलो भूमिका खेल्ने छन्,’ उनीहरूले लेखेका छन् ।

बच्चाहरुमा सार्स–कोभ २ को धेरै भाइरल भार हुन सक्छ कि सक्दैन भन्ने निर्धारण गर्ने यो पहिलो अध्ययन भने होईन । जामा पेडियाट्रिक्समा प्रकाशित एउटा पहिलेको अध्ययनमा ५ बर्ष भन्दा कम उमेरका बच्चाहरूले वयस्कहरूको तुलनामा उनीहरूको माथिल्लो श्वास पथमा सार्स–कोभ २ को १०० गुणा बढी भाइरस प्रवाह गर्ने पत्ता लगाएको थियो ।

हालसालै भएको यो अध्ययनको अर्थ यो हुन सक्छ कि ‘बच्चाहरू भाइरसका लाष् िसाइलेन्ट स्पे्रडरहरु हुन सक्छन् र यो तथ्यलाई बढी ध्यान दिन आवश्यक छ,’ अक्रोन, ओहायोका संक्रामक रोग विशेषज्ञ तथा मेडिकल युनिभर्सिटी उत्तरपूर्वी ओहायोका आन्तरिक औषधिका प्राध्यापक डा रिचर्ड वाटकिन्सले बताए ।

यसले महत्त्वपूर्ण प्रश्न खडा गर्छ । के कोभिड–१९ बच्चाहरूमा फ्लू जस्तै फैलिन सक्छ ? ‘यो सम्भव छ’, एक संक्रामक रोग विशेषज्ञ र भान्डर्बिल्ट विश्वविद्यालय स्कूल अफ मेडिसिनका प्राध्यापक डा विलियम शेफनरले बताए–‘हामी अब त्यस्तो ठाउँमा गइरहेका छौं जहाँ इन्फ्लूएन्जा र कोभिड–१९ उस्तै देखिन्छन,’ उनी भन्छन्–‘तर, हामीलाई अझै थप अध्ययन र तथ्यांक चाहिएको छ ।’

शेफनर भन्छन्–‘ ज्वरोको साथ, बच्चाहरूसँग इन्फ्लुएन्जाको उच्च भाइरल भार हुन्छ र वयस्कहरूको तुलनामा लामो समयसम्म भाइरसको अधिक प्रवाह हुन्छ । त्यसकारण उनीहरूसँग इन्फ्लूएन्जाका लागि पर्याप्त भाइरस हुन्छन । उनीहरूले यो घर ल्याए र आफ्ना बाबुआमा, हजुरबा हजुरआमा र छिमेकीहरूमा फैलाए भने खतरा हुन सक्छ । इन्फ्लूएन्जा भाइरस फैलाउने वास्तविक इन्जिन हुन् ।’

तर, त्यो कोभिड–१९ मा अहिलेसम्म नभएको अध्ययनमा उल्लेख छ । भर्खरको अनुसन्धानले भाइरस लोड बच्चाहरुमा हुने भएपनि केटाकेटीहरु संक्रमणको ठूलो समूहमा नजोडिएको र यो इन्फ्लुएन्जा भन्दा धेरै फरक रहेको भनिएको छ । तर, यसको मतलब यो होइन कि कोभिड–१९ बच्चाहरूमा इन्फ्लूएन्जा जस्तै फैलिन सक्दैन । यद्यपि भाइरल भारको आधारमा, यो कुरा पत्ता लाग्यो कि बच्चाहरूमा सार्स–कोभ २ को एसिम्प्टोमेटिक वा कम लक्षण भएको खण्डमा पनि तिनीहरू संक्रमण प्रसारणको स्रोत हुन सक्दछन् । यसकारण स्कूलमा फेरि खुल्दा बच्चाहरूमा कोभिड–१९ को अधिक संक्रमण देख्न सकिने अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् ।

मास्क लगाउने, सामाजिक दूरीको सावधानी अपनाउने र सफा गर्ने उपायहरूले वयस्कहरू र बच्चाहरूमा कोभिड–१९ फैलाउन कम गर्दछ । एक चिकित्सक भन्छन–‘चिकित्सकको रूपमा हामी असाध्यै चिन्तित छौं । यदि इन्फ्लूएन्जा र कोभिड–१९ दुवै भयो भने त्यो राम्रो हुनेछैन ।’ –याहुलाइफबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL