Logo

कोरोना निको भएकामा पनि घातक लक्षण देखियो, निको भएका पनि कमजोर भएको नयाँ अध्ययनको निष्कर्ष

कोरोना निको भएकामा पनि घातक लक्षण देखियो, निको भएका पनि कमजोर भएको नयाँ अध्ययनको निष्कर्ष



काठमाडौं । कोरोना भाईरस (कोभिड–१९)ले हालको समयमा बिज्ञानले पनि उत्तर दिन नसक्ने गरी प्रश्नहरु उब्जाएको छ । तर, एउटा यस्तो प्रश्न हालसम्म पनि उत्तर पत्ता लागेको छैन त्यो हो, किन केहि मानिसहरु बिरामी हुन्छन् र कहिल्यै निको हुँदैनन् ?

यस्तो समस्या जोकोहीलाई हुनसक्छ । सबै लिंग, पेशा, जाती, उमेर समूहका मानिसहरुलाई । यस्ता समूहका मानिसहरु भाईरस संक्रमण निको भईसकेपछि पुनः आफुलाई निर्बल र अल्छी पाउँछन् । जसका कारण उनीहरुमा काम गर्ने क्षमतामा ह्रास आउने गर्दछ ।

हालै गरिएको एक अध्ययनअनुसार कोरोना भाईरसबाट मुक्ति पाएका केही बिरामीहरुमा राति पसिना आउने, शरीर दुख्ने, सोचाईमा समस्यालगायतका १ सय बढी साइड इफेक्ट भेटिए ।

अध्ययनले कोरोना भाईरस संक्रमण केही हप्ताको समस्यापछि ठीक हुने श्वारप्रश्वाससम्बन्धी रोग मात्रै नभएर मुटुसम्बन्धी रोग भएको उल्लेख गरेको छ । जसमार्फत आँखा, छाला मुटु र दिमागमा पनि असर पुर्याई कमजोर तुल्याउँछ ।

अनुसन्धानमा देखिएजस्तै समस्या कोरोना संक्रमित अन्य बिरामीहरुमा पनि यस्तो समस्या देखिएको बताउँछन् । तर केही बिरामीहरुमा भने कैयौं महिना वित्दापनि कोरोना संक्रमणका लक्षणहरु देखिरहने समस्या पनि भएको बताएका छन् । यस्तै कसैलाई भने मुटुको चालमासमेत परिवर्तन आएको बताउने गरेका छन् ।

विभिन्न अनलाईन वेबिनार, फेसबुक ग्रुपलगायतका माध्यमबाट १० हजार बढीमा उक्त अध्ययन गरिएको थियो । जसमा प्राय माlनसहरुले कोरोना भाईरस संक्रमण निको भएपनि पनि उस्तै लक्षण दोहोरिनुका साथै साईड इफेक्टहरु झन बढेको बताएका थिए । याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL