Logo

हावाका कणहरुबाट पनि कोरोना सर्ने अध्ययनको निष्कर्ष, अग्ला मानिसलाई बढी खतरा

हावाका कणहरुबाट पनि कोरोना सर्ने अध्ययनको निष्कर्ष, अग्ला मानिसलाई बढी खतरा



काठमाडौं । हालैको एक अध्ययनले हावाका कणहरुबाट पनि कोरोना भाईरस सर्ने खतरा रहेको देखाएको छ ।

अमेरिका, बेलायत र नर्वेका विभिन्न बैज्ञानिकहरुले संकलन गरेको तथ्यांकमा काम गराईअनुसार पनि कोरोना सर्ने डर उत्तिकै हुने बताईएको छ । तर, यसलाई मास्क लगाएर रोकथाम गर्न सकिने अनुसन्धानमा उल्लेख छ ।

अमेरिका र बेलायतमा २ हजार जनामा गरिएको सर्वेक्षणमा हावाका कणमा भएका सुक्ष्म पानीका फोकाका कारण पनि कोरोना भाईरस सर्ने पत्ता लगाईएको हो । यस्ता सुक्ष्म पानीका कणहरुमा रहने कोरोनाका भाईरसहरु लामो समयसम्म जीवित रहिरहनेसमेत बताईएको छ ।

यस्तै अनुसन्धानकर्ताहरुले अग्ला मानिसहरुलाई हावाका कणहरुमार्फत कोरोना सर्ने खतरा बढी रहेको समेत पत्ता लगाएका छन् । उनिहरुका अनुसार ६ फिटभन्दा माथिका मानिहरुमा यसरी कोरोना लाग्ने अर्थात संक्रमण हुने खतरा अन्यको तुलनामा दोब्बर हुन्छ ।

एक म्यागजिन मेड्रिक्सिभ डट ओआरजीका अनुसार अग्ला मानिसहरुसम्म उक्त हावामा मिसिएका पानीका फोकाहरु सकेसम्म चाँडो आईपुग्ने हुनाले यस्तो खतरा रहेको बताईएको छ ।

हावामा भएका पानीका कणहरुबाट विभिन्न रोगहरु सर्नसक्ने यसअघि पनि वैज्ञानिकहरुले बताउँदै आएका थिए । यस्तै अनुसन्धाताहरुका अनुसार एउटै भान्छा प्रयोग गर्दा पनि कोरोनाको प्रकोप बढ्ने खतरा हुन्छ । –याहुहेल्थ डटकमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL