Logo

कोरोनाबाट बच्न कस्तो मास्क लगाउनुहुन्छ ? अध्ययन भन्छ-यदि तपाईंको मास्क डबल लेयरको छैन भने त्यसले काम गरिरहेको छैन

कोरोनाबाट बच्न कस्तो मास्क लगाउनुहुन्छ ? अध्ययन भन्छ-यदि तपाईंको मास्क डबल लेयरको छैन भने त्यसले काम गरिरहेको छैन



काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना संक्रमण (कोभिड– १९) को महामारी पछि धेरै देशहरुमा मास्क जीवनको अभिन्न हिस्सा बनेको छ । धेरैजसो देशले घरबाहिर निस्कदा मास्क अनिवार्य गरेका छन् र मास्क नलगाउनेमाथि कानूनी सजाय तथा जरिवानासम्मको व्यवस्था गरिएको छ ।

नेपालमा पनि स्वास्थ्य तथा गृह मन्त्रालयले बाहिर निस्कदा मास्क अनिवार्य लगाउन निर्देशन जारी गरेका छन् । महामारी पछि व्यक्तिगत स्वास्थ्य सुरक्षात्मक उपकरण (पीपीई) को विश्वव्यापी माग उच्च बनेको छ ।

यसको अभावमा, हामीमध्ये थुप्रैले कोरोनाभाइरसको फैलावट रोक्न सहयोग पुगोस भनेर घरेलु कपडाको मास्क प्रयोग पनि गरिररहेका छौं । तर, पछिल्लो अनुसन्धानले धेरैजसो मास्कहरू संक्रमण रोक्न सहयोग पुग्ने मापदण्डका नभएको र केहि त पूर्णतया प्रभावकारी नरहेको तथ्य पत्ता लगाएको छ ।

अष्ट्रेलियाली अनुसन्धानकर्ताहरु द्वारा निर्मित नयाँ भिडियो केस स्टडीमा घरेलु कपडाको मास्क भाइरल ट्रान्समिशन रोक्नको लागि कम्तिमा दुई तह (लेयर) को हुनु आवश्यक रहेको औंल्याएको छ । ‘वास्तवमा, यदि तपाईंको मास्कमा कपडाको केवल एक पत्र (तह) छ भने तपाईं सुरक्षित हुन सक्नुहुन्न’, प्रतिवेदनमा उल्ले छ ।


एलईडी प्रकाश प्रणाली र उच्च–स्पीड क्यामेराको प्रयोग गरेर अनुसन्धान टोलीले बोलेको, खाना खाएको र हाछँयू गर्ने क्रममा एउटा भिडियो तयार पारेको थियो । जसले कुनै श्वासप्रश्वासको रोग नभएको स्वस्थ व्यक्तिको व्यवहार प्रतिबिम्बित गर्दथ्यो ।


फुटेज समीक्षा गरिसकेपछि, टोलीले तीनथरी कपडाको मास्कको प्रभावकारितालाई क्रमबद्ध ग¥यो (जसमा तीनवटा लेयर भएको सर्जिकल फेस मास्क पनि, जुन सबैभन्दा प्रभावकारी विकल्पको रूपमा निर्धारित गरिएको थियो) । समग्रमा कपडाको मास्कमा लेयर र प्रभावकारिताको सहसम्बन्ध एकदमै गम्भीर थियो ।

कपडाको मास्कमा जति धेरै लेयरहरू थिए त्यति नै बढी संक्रमण फैलावटको बिरूद्ध प्रभावकारी देखियो । फुटेजले खुलासा ग¥यो कि सिंगल(लेयर मास्कले स्वाशप्रश्वासका कणहरु फैलिन प्रभावकारी काम गरेको देखिएन । यसमा एयरोसोलहरू सजिलैसँग हावामा तितरबितर भए ।
अनुसान्धान टोलीले मास्क सिलाई शैलीको पनि परिणाममा प्रभाव रहेको निष्कर्ष निकालेको छ ।

रोग नियन्त्रण केन्द्र (सीडीसी) द्वारा प्रदान गरिएको मापदण्डका अनुसार सिलाइएको मास्कहरू कपासको टी–शर्ट र कपालको सम्बन्धमा बनाइएको सिंगल प्लाई मास्कभन्दा धेरै प्रभावकारी थियो । यसकारण जब तपाईं बाहिर जानुहुन्छ, निश्चित गर्नुहोस् कि तपाईंको मास्क सुरक्षाका लागि योग्य र उपयोगी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL