Logo

कोरोना भाईरसको उपचारमा नयाँ तथ्य, ‘प्लाज्मा डोनेसन’ बन्न सक्छ कोरोना संक्रमण अन्त्यमा महत्वपूर्ण उपाय

कोरोना भाईरसको उपचारमा नयाँ तथ्य, ‘प्लाज्मा डोनेसन’ बन्न सक्छ कोरोना संक्रमण अन्त्यमा महत्वपूर्ण उपाय



काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) का कारण पुरुष र महिला मध्ये पुरुष बढी बिरामी हुनेगरेको हालैको एक अध्ययनले देखाएको छ । बेलायतस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार कोरोना संक्रमितलाई निको पार्न पुरुषको प्लाज्मा बढी प्रभावकारी देखिएको र पुरुषहरुले त्यस्तो प्लाज्मा डोनर पनि बन्न सक्नेछन् ।

प्लाज्मा भनेको हाम्रो शरिरमा भएको राता रक्तकोष, सेता रक्तकोष तथा प्लेटेलेट्स बोक्ने एक कम्पोनेन्ट हो जसले कोरोना भाईरसविरुद्ध एन्टीबडी निर्माण गर्छ । र यसलाई रोग प्रतिरोधी क्षमता वा अन्य विभिन्न संक्रमण रोक्नमा समेत ठूलो सहयोग गर्ने बताईन्छ ।

हालैको एक अध्ययनअनुसार धेरै पुरुषमा भने उपयुक्त प्रकारको प्लाज्मा नभएको पाईएको छ । जसमध्ये ६ सय मानिसहरुका गरिएको परिक्षणमा ४३ प्रतिशत पुरुषमा तथा २६ प्रतिशत महिलामा यसको एन्टीबडीसहितको प्लाज्मा रहेको पाईएको थियो । अध्ययन अनुसार प्रायजसो मानिसमा यसको कमी भएको देखियो ।

यस्तै वृद्ध एशियाली मानिसहरु तथा अस्पतालमा कार्यरत कर्मचारीमा उच्च एन्टीबडी पाईएको थियो । तर पछिल्लो समय रक्तदान गर्ने तथा प्लाज्मा दानीहरुको पर्याप्त आवश्यकता भएको र सोही अुनसार दान गर्ने मानिसहरु नपाएको डाक्टरहरुले बताउँदै आएका छन् ।

तर, प्रायजसो महिलाभन्दा पुरुषहरुमा बढी उक्त एन्टीबडीयुक्त प्लाज्मा रहेको बताईएको छ । जसका कारण अस्पतालमा कार्यरत कर्मचारीहरुले नै उक्त प्लाज्मा दान गर्न सक्ने डाक्टरहरु बताउँछन् । प्लाज्मा डोनेसन पनि ब्लड डोनेसन जस्तै ४५ मिनेट जती लाग्छ ।

प्लाज्मालाई रगतबाट छुट्याएर रगतलाई पुनः दानीकै शरिरमा फर्काउने काम भने केही अप्ठ्यारो हुन्छ । प्लाज्मा दान गर्ने मानिसको शरिरमा गुमेको प्लाज्मा २ देखि ३ दिनमा पुनः बनिसक्छ । मानिसहरुले आफ्नो प्लाज्मा प्रत्येक २ हप्तामा पनि दान गर्न सक्छन् ।

हालसम्म कोरोना भाईरसको कुनै उपचार पत्ता लागेको छैन । तर प्लाज्मा डोनेसनलाई भने प्रभावकारी रुपमा लिईएको छ । विभिन्न औषधि उत्पादक कम्पनीहरुले पनि कोरोन भाईरसको उपचारका लागि प्लाज्मामा आधारित उपचारमा ध्यान दिईएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL