Logo

लकडाउन ८४ औं दिनमा : आजदेखि लकडाउन थप खुकुलो, यस्ता छन् आजदेखि खुल्ने व्यवसाय र सेवाहरु

लकडाउन ८४ औं दिनमा : आजदेखि लकडाउन थप खुकुलो, यस्ता छन् आजदेखि खुल्ने व्यवसाय र सेवाहरु



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आजदेखि अनौपचारिक रुपमा मात्र कायम रहेको छ । सरकारले लकडाउन घोषणा गरेका आज ८४ दिनमा आइपुग्दा भने लकडाउनबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन ।

सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउन आइतबारसम्म मात्र रहेको थियो । तर, सरकारले गत बुधबार नै नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाइसकेकाले आगामी दिनमा पनि लकडाउन नयाँ मोडालिटीमा जारी रहने देखिन्छ ।

सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

सरकारले राष्ट्रिय– अन्तरराष्ट्रिय असार २१ गतेसम्म बन्द गर्ने निर्णय आइतबार गरेको छ । सरकारले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै देशैभर बजार खुलिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेसँगै लामोसमय लकडाउनका कारण बन्द व्यवसाय क्रमश खुलेका छन् । सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायीहरुले भने सरकारले भनेजस्तो सुरक्षा मापदण्ड पालनामा भने रुचि नदेखाएको देखिन्छ । तर, जनजीवन भने क्रमशः सहजतातर्फ जान थालेको छ ।

सरकारले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ । पहिलो चरणमा आज असार १ देखि २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ ।

लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउने सरकारले बताएको छ । २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइने, त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् । यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ ।

लकडाउन खुकुलो पार्दै जाने राण्नीतिको आजदेखि पहिलो चरण शुरु भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आजबाट लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तीन दिन लगाएर लकडाउन खोल्ने रणनीति तयार पारेको थियो । समितिले अबको साढे २ महिनाभित्र लकडाउन पूर्ण रुपमा खोल्ने गरी पाँच तहरचरणको योजना बनाएको छ । जसअनुसार पहिलो चरण आजबाट लागु हुँदैछ ।

तहगत रुपमा क्रमशः हरेक क्षेत्रहरु खोल्दै जाने र आम नागरिकको दैनिकी सहज बनाउने गरी कार्ययोजना बनाइएको छ । आम नागरिकको दैनिकी सहज हुने गरी लकडाउन खोल्दै जाने कार्ययोजना तयार पारिएको हो । सरकारले नयाँ मोडालिटी तय गर्नुभन्दा पहिले नै उद्योगधन्दा सञ्चालन गर्न दिएको भएपनि मजदूर तथा कर्मचारी अभावमा सञ्चालनमा नआएका उद्योग पनि क्रमशः सञ्चालनमा आएका छन् ।

यस्तै धेरै उद्योगीले बम क्षमतामा मात्र सञ्चालन गरिरहेका उद्योगहरु पनि पूरा क्षमतामा सञ्चालन शुरु गरेका छन् । धेरै उद्योगले सार्वजनिक सवारी सञ्चालन नहुँदा मजदूर उद्योगसम्म आउन र फर्किन समस्या रहेकोमा वैकल्पिक व्यवस्था गरेर पनि उद्योग सञ्चालन गर्न थालेका हुन् ।

यस्तै भोलि १ असारबाट सरकारी कार्यालय भने खुल्नेछन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चरणमा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन् । ११ चैत्रबाट लकडाउन ८० दिनपछि खुकुलो भएको हो । योसँगै सर्वसाधारणले केही राहतको महशुश गर्ने अपेक्षा गरिएको छ ।

सरकारले २१ गतेदेखि लकडाउनको नयाँ चरण जारी रहने घोषणा गर्दा लकडाउनको नयाँ मोडालिटीबारे स्पष्ट नपार्दा थप अन्यौलता बढेको थियो । जनतामा उकुसमुकुस पैदा भएको थियो । तर, लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ ।

सरकारले लकडाउनको नयाँ मोडालिटी तय गरेसँगै नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ । स्वास्थ्य विज्ञहरुले भने संक्रमण उचाईमा पुग्न लागेकाले थप सर्तक हुनुपर्ने बताइरहेका छन् । बिहीबारदेखि बजार खुलेपनि बजारमा उपयुक्त सुरक्षा मापदण्ड र पैदल यात्रीले पनि आवश्यक सुरक्षा नअपनाउँदा संक्रमण थप भयावह हुन सक्ने भन्दै चिन्ता पनि बढेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा १५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ५ हजार नाघेको छ । लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको बताइएपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको भन्द्यै विरोध बढेपछि सरकार लकडाउन खुकुलो बनाउन बाध्य भएको हो ।

लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका थिए । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका थिए ।

आजबाट खुल्ने सेवा र कार्यहरू :

सरकारी कार्यालयहरू

आजबाट स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर  सबै सरकारी कार्यालयहरू खुल्दैछन् । सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ बजदेखि साँझ ६ बजेसम्म कार्यालय खुला रहेनछ ।

कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । त्यस्तै उद्योग, कलकारखाना र निजी कार्यालय पनि खुल्दैछन् ।

निजी सवारी साधन (जिल्लाभित्रै)

सार्वजनिक सवारी साधन बाहेकका निजी सवारी साधन चल्न दिने तर त्यस्ता सवारी साधन एउटा जिल्लाबाट अर्काे जिल्लामा भने जान नपाइने गरी सञ्चालन गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।

तर, त्यस्ता चारपाङ्ग्रे निजी सावरी साधनमा चालक र अन्य २ जना मात्रले सवार गर्न पाउनेछन् भने दुई पाङ्ग्रे सवारी साधनमा चालक एक जना मात्र चढ्न पाउने छन् ।

जोर-बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारी साधन श्रमिकको आवागमनका लागि सञ्चालन गरिएकाे हाे । गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ ।

स्वास्थ्य, किराना तथा दैनिक उपभाेग्य सामग्री/सेवा

स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक पनि अाजदेखि पूरै खुला हुनेछन् । यसअघि पनि मेडिकलहरू खुलै हुने गर्थे ।

औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणसम्बन्धी सेवा खुलै रहने ।

फोहोरमैला व्यवस्थापन

विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा

सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य ।

उत्पादनशील उद्योग र अन्य

निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत)

निर्माण कार्य (निजी समेत)

नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण

क्वारेन्टिनका लागि तोकिएका होटल

बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप

पुस्तक पसल तथा स्टेशनरी

सबैप्रकारका ढुवानी सेवा ।

अत्यावश्यक सेवाका सबै कार्यालय

रेष्टुरेन्ट – रेष्टुरेन्ट खान ल्याउन सेवा लिन सकिन्छ। प्याकिङ खाना परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL