Logo

भिटामिन ‘डी’ ले कोरोना संक्रमण हुनबाट रोक्छ ? बैज्ञानिकले पत्ता लगाए यस्ता आश्चर्यजनक तथ्यहरु

भिटामिन ‘डी’ ले कोरोना संक्रमण हुनबाट रोक्छ ? बैज्ञानिकले पत्ता लगाए यस्ता आश्चर्यजनक तथ्यहरु



काठमाडौं । तपाईँहरु विभिन्न सपिङ मलहरुमा केही सामान किन्न लाग्दै हुनुहुन्छ, या अनलाईनमार्फत केही मगाउँदै हुनुहुन्छ भने त्यो सपिङ लिष्टमा आफ्नो स्वास्थ्यका लागि चाहिने कुरामा ध्यान दिनहोस ।

सपिङ भन्दा पहिले आफुलाई भिटामिनको कमी छ या छैन एकिन गर्नुहोस । भलै भिटामिन ‘डी’ लाई भिटामिनको रुपमा मात्र लिइन्छ , तर हाम्रो शरिरमा हुने कुनै हार्मोन भन्दा कम छैन यो तर, शरिरमा पर्याप्त मात्रामा पुर्याउन निश्चित खानेकुरामा ध्यान दिए पुग्छ ।
यस्तै पुस्ता हस्तान्तरण तथा उमेरले पनि हाम्रा शरिरमा मिटामिन कति छ भन्ने कुरामा ठूलो भूमिका खेल्छ । यहाँ केही त्यस्ता विषयको बारेमा बुँदा छन् जसले हाम्रो शरिरमा भिटामिन ‘डी’ को मात्रा कति छ भन्ने प्रष्ट हुन्छ ः
 काला मानिस वा छालाको रङ गाढा भएका मानिसहरुको शरिरमा मेलानिनको मात्रा बढी हुने हुनाले भिटामिन ‘डी’ उत्पादन हुने क्रम कम हुन्छ ।
 वृद्धवृद्धाहरुको छाला पातलो हुने हुनाले भिटामिन ‘डी’ धेरै खपत हुन्छ । र घरमै बढी बस्ने हुनाले घामबाट प्राप्त भिटामिन पनि कम हुन्छ ।

तर तपाईँको शरिरमा भिटामिन ‘डी’को कमी भयो भन्ने लाग्छ भने डाक्टरलाई देखाउनुहोला ।

भिटामिन डी ले शरीरको प्रतिरोधी क्षमता बढाउँछ
हामीलाई थाहा छ भिटामिन ‘डी’ले हाम्रो शरिरमा भएको हड्डीहरुलाई मजबुत बनाईराख्न मद्धत गर्छ, यसको कमी भएमा हड्डीहरु पातला र कमजोर हुन्छन् । यस्तै यसले हाम्रो शरिरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने कार्य पनि उत्तिकै गर्छ ।

तर, यसको कमीले हाम्रो शरिरमा भएका कोषमा अन्य भाईरसले संक्रमण गर्ने अवस्था बढी रहन्छ । प्रतिरोधी क्षमता भनेको शरिरमा सेना जस्तै हो । कुनै खराब ब्याक्टेरिया तथा भाईरसले हाम्रो शरिरमा आक्रमण गर्न खोजेको बेला यसले आक्रमणबाट जोगाउने काम गर्छ ।

तर, हालै विश्वभर फैलिएको कोरोनाका भाईरस भने मानिसको फोक्सोमा अवस्थित हुन्छन् । जसले श्वासथैलीमा समस्या आई श्वासप्रश्वासमा बाधा आउँछ । यसले हाम्रो शरिरमा प्रवेश गर्ने वित्तिकै भाईरसको बाहिरी तहमा भएको प्रोटिनको पत्र एन्जेन सक्रिय हुन्छ । जसले हाम्रो शरिरमा भएका ईम्युन सेल अर्थात प्रतिरोधी क्षमतासँग लडेर भाईरस संक्रमण गर्ने गर्छन र शरिरभरी फैलन्छ ।

तर, भाईसरसमा भएको प्रोटिनको पत्रभन्दा हाम्रो शरिरमा प्रतिरोधी क्षमता बढी सक्रिय भयो भने संक्रमणको अवस्था कम रहन्छ । यसै संक्रमणलाई रोक्न प्रतिरोधी क्षमता बढाउन भिटामिन ‘डी’ ले ठूलो भूमिका खेल्छ ।

धेरैजसो कोरोना संक्रमितहरुमा आर्डस अर्थात श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ । जसका कारण धेरै व्यक्तिको निधन पनि हुने गरेको छ । तर भिटामिन ‘डी’ ले आर्डस रोक्न सक्दो प्रयास गर्ने गरेको अनुसन्धाताहरु बताउँछन् । भिटामिन ‘डी’ले फोक्सोमा हुने श्वास थैलीहरुमा एक पत्र बनाई रक्तसंचारको गतिलाई सन्तुलित गर्छ ।

जसका कारण आर्डस जस्ता रोगहरु चाँडै निर्मूल हुन्छ । तसर्थ कोरोनाले पनि सबैभन्दा पहिले हाम्रो श्वासप्रश्वास प्रक्रियामा असर पुर्याउने हुँदा यो समस्यालाई भिटामिन ‘डी’ ले निर्मुल पार्ने गरेको वैज्ञानिकहरुले बताएका छन् । –यूएसएटुडेबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL