Logo

ब्लड ग्रुपअनुसार कोरोना भाईरसको संक्रमण फैलने अध्ययनको निष्कर्ष, हेर्नुहोस कुन ब्लड ग्रुपलाई कस्तो असर पर्छ ?

ब्लड ग्रुपअनुसार कोरोना भाईरसको संक्रमण फैलने अध्ययनको निष्कर्ष, हेर्नुहोस कुन ब्लड ग्रुपलाई कस्तो असर पर्छ ?



काठमाडौं । यूरोपका १ सय २० भन्दा बढी अनुसन्धानताहरुले पछिल्लो समय कोरोना भाईरसलाई प्रभाव पार्न सक्ने विभिन्न क्रियाकलापको अनुसन्धान गरिरहेका छन् । मानव शरिरमा हुने श्वासप्रश्वास प्रक्रिया तथा कोरोना भाईरसलाई सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने केही क्रियाकलाप भने उनीहरुले आफ्नो अनुसन्धानबाट पत्ता लगाईसकेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसका कारण हालसम्म ६३ लाखबढी संक्रमित छन भने करिव ४ लाखको मृत्यु भईसकेको छ । यसबाट स्पेन, ईटाली तथा युरोपका प्राय देशहरु प्रभावित बनेका छन् ।

यहाँका प्राय मानिसहरु सार्स, कोभिड– बाट संक्रमित छन जसमा कोभिड १९ को सामान्य लक्षण तथा लक्षणै नदेखिने हुन्छ । लक्षण पूर्णरुपमा देखिएपछि श्वासप्रश्वासमा समस्या आउनेर निमोनिया भएर मृत्यु हुने गरेको पाईएको छ । तर, यो संक्रमितमध्ये १० प्रतिशतलाई मात्रै हुने गरेको पाईएको छ ।

विज्ञहरुले कोरोना भाईरसमा विभिन्न रोगहरुले पनि ठूलो भुमिका खेल्ने गरेको बताएका छन् । मुटुसम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग तथा अन्य जटिल रोगहरु लागेको छ भने कोरोनाले ठूलो असर पार्ने पुष्टि भएको छ ।

यसैक्रममा वैज्ञानिकहरुले रगतको समूह (ब्लड ग्रुप) ले पनि कोरोनालाई प्रभाव परेको बताएका छन् । स्पेन, इटाली तथा युरोपका विभिन्न देशका ८५ लाख ८२ हजार जनामा गरिएको अनुसन्धानमा विभिन्न रगत समूहका मानिसहरुले कोरोनासँग फरक–फरक प्रतिक्रिया देखाउने जनाएका हुन् ।

यसका लागि बैज्ञानिकहरुले विभिन्न रगत समुहमा पाईने सिंगल न्युक्लियोटाईड पोलीमारफिजम (एसएनपी) को विश्लेषण गरेका थिए । अनुसन्धानताको टीमले क्रोमोजोम र एसएनपीबीचको सम्बन्ध विश्लेषण गरेका थिए ।

जसमा क्रोमोजोमा रहेका जीनको एक समूहले कोराना भाईरस संक्रमणलाई ठुलो सहयोग पुर्याएको देखियो । जसमध्ये क्रोमोजोम ३पी२१ मा रहेको एसएलसी६ए२० ले कोरोना संक्रमण सर्न सक्ने ठूलो सम्भावना राख्दछ । यसले प्रोटिनको मात्रा बढाएर कोरोना सर्नसक्ने जिवाणु अर्थात प्रोटिनको एक पत्र एसीई२ निर्माण गर्दछ, जसका कारण मानव शरिरमा कोरोना संक्रमणको सम्भावना अन्य भन्दा छिटो हुन्छ ।

यसमार्फत उत्पन्न हुने सोडियम इमिनो एसिड ट्रान्सपोर्टर १ (एसआईटी१) कोषमार्फत फोक्सोमा न्युमोसाईट उत्पादन गर्छ र फोक्सोमा श्वासप्रश्वासको अप्ठ्यारोपन सिर्जना हुन्छ । एबीओ रगत समुहमा पाईने क्रोमोजोम ९ मा एसएनपी पाईएको अनुसन्धाताहरुले बताएका छन् ।

जसको अर्थ हो ए पोजेटिभ रगत समुह हुनेहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या ४५ प्रतिशत बढी हुन्छ र ओ रगत समुह हुनेहरुमा भने श्वासप्रश्वास सम्बन्धी समस्या आउने सम्भावना ३५ प्रतिशत बढी हुन्छ । अनुसन्धाताहरुले एबीओ ब्लग ग्रुप हुनेलाई कोरोनाको सम्भावना अत्याधिक हुने सम्भावना रहेको बताएका छन् । – https://www.news-medical.net/ बाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL