Logo

कोरोनाको त्रासले अस्पताल आउन छाडे बिरामी, हृदयघातका बिरामी अस्पताल नपुग्दा अवस्था भयावह

कोरोनाको त्रासले अस्पताल आउन छाडे बिरामी, हृदयघातका बिरामी अस्पताल नपुग्दा अवस्था भयावह



काठमाडौं । अमेरिकामा मुटुसम्बन्धी रोग तथा छाती दुखाईका बिरामीहरु अस्पतालका ईमरजेन्सी वार्डमा आउन छोडेका छन् । एक अध्ययनका अनुसार कोरोना भाईरस (कोभिड–१९)को प्रकोपपछि मानिसहरु अस्पताल आउन डराउन थालेका छन् ।

अमेरिकामा ईमर्जेन्सी वार्ड मुटुसम्बन्धी रोग र निमोनियाका लागि मात्रै थिए भने अरु बिरामीका लागि भने अन्य कक्षहरु तयार पारिएको थियो । तर, ईमर्जेन्सी वार्डमा आउने बिरामी गत बर्षको मार्च र अप्रिलको तुलनामा पछिल्लो ४ हप्तामा ४२ प्रतिशतले घटेका छन् ।

पछिल्लो समय अमेरिकाका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमितको उपचार भईरहेको छ । तर, कोरोनाका विरामी तिव्र गतिमा घटिरहेको बताईएको छ । यसका केही सकारात्मक पक्षहरु पनि छन् । मानिसहरु घरमै बस्नाले तथा विभिन्न चुनौतिपुर्ण कामहरु कम गर्नाले विभिन्न दुर्घटना तथा घाईते बिरामीहरु पनि सोहीअनुसार घटेका छन् ।

तर, पछिल्लो समय अस्पताल आउने बिरामी प्रतिहप्ता १ हजार १ सयले हृदयघातका बिरामी र २४ हजारले छाती दुख्ने बिरामी घट्दा केही विज्ञहरु भने चिन्तामा छन् ।

यस्तै अवस्था अवस्था मृत्य प्रमाणपत्र लिनेको पनि छ । अमेरिकामा अप्रिलको पहिलो ३ हप्तामा मात्रै २ हजारभन्दा बढि व्यक्तिको हृदयघातका कारण मृत्यु भएको थियो । उनीहरु अस्पतालमा कोरोना भाईरसको डरका कारण चिन्तामा परेर मृत्यु भएको धेरैको बुझाई छ ।

पछिल्लो समय मेडिकल तथा अस्पतालसँग डराएर कैयौं मानिसहरुले आफुलाई लागेको रोगका विभिन्न लक्षणहरु लुकाउने गरेका छन् । तर मानिसहरु मुटुमा असह्य हुनेगरी दुखेपछि मात्रै अस्पताल आउने गरेको डाक्टरहरुको बुझाई छ । जसले थप गम्भीर अवस्था आउने चिन्ता स्वास्थ्यकर्मीकले गरेका छन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्