Logo

मन्त्रिपरिषद बैठक बस्दै, जनताको मागअनुसार हाेला त लकडाउनको स्वरूप परिवर्तन ?

मन्त्रिपरिषद बैठक बस्दै, जनताको मागअनुसार हाेला त लकडाउनको स्वरूप परिवर्तन ?



काठमाडौं । बिहीबार मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ । झण्डै साढे २ महिनादेखिको लकडाउनले जनजीवन कष्टकर बनेपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।

लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएका छन् । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न सरकारलाई दबाब परेको छ।

लकडाउनको स्वरूप परिवर्तन नगरे बजार पसल खोल्ने व्यवसायीहरूले चेतावनी दिइसकेका छन् भने लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका छन् ।

नेपालमा कोरोनाका २ जना संक्रमित देखिएपछि चैत्र ११ गतेदेखि सुरू गरिएको लकडाउन ७३औँ दिनसम्म आइपुग्दा २३ सय १६ जना संक्रमित पुगेका छन् भने ९ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL