Logo

मास्क र सामाजिक दूरीले कोरोना संक्रमण रोक्न सहयोग पुर्याउने, हात धोइरहनु थप प्रभावकारी हुने नयाँ अध्ययनको निष्कर्ष

मास्क र सामाजिक दूरीले कोरोना संक्रमण रोक्न सहयोग पुर्याउने, हात धोइरहनु थप प्रभावकारी हुने नयाँ अध्ययनको निष्कर्ष



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणमा मास्क तथा सामाजिक, भौतिक दूरी सहयोगी बनेको तथ्य सार्वजनिक भएको छ । एक नयाँ अध्ययनको विश्लेषणमा हात धुने कार्य पनि सोहीअनुसार फाईदाजनक भएको पाईएको छ ।

अनुसन्धाताहरुका अनुसार एकपत्रे मास्क भन्दा २ वा २ भन्दा बढी पत्र भएको वा एन९५ मास्कले यसको रोकथाममा उल्लेख्य योगदान पुर्याउँछ । साथै १ मिटर अर्थात ३ फिटको सामाजिक दुरीले पनि सोही अनुसारको काम गर्ने गरेको पाईएको छ । यस्तै २ मिटरको दुरीले समेत त्यो भन्दा राम्रो काम गर्ने बताईएको छ ।

आँखाको सुरक्षाको लागि चस्मा तथा गगल्सले पनि सहयोग पुर्याउँछ । तर, यी सबै क्रियाकलापले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने काम भने गर्दैनन् यसका लागि गहन अध्ययनको जरुरी छ ।

श्वासप्रश्वाससम्बन्धी रोगहरु जस्तै सार्स र मर्सलगायतमा मास्क र सामाजिक दूरीले ठूलो सहयोग पुर्याउने विभिन्न ४४ ओटा अध्ययनमा पत्ता लगाईएको हो ।
यस्तै यसैका लागि भन्दै क्यानडा र डेनमार्कमा विभिन्न नर्स तथा सर्वसाधारणमा मास्कको गहन अध्ययन गरिँदैछ । जसमा मास्कले अन्य विभिन्न रोगका विरुद्ध काम गर्ने पत्ता लगाईँदैछ ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ मानिसले कुनै संक्रमितको हेरचाह गर्दा मात्रै मास्क लगाउनुपर्ने जानकारी दिएको छ । तर, अमेरिकास्थित रोग नियन्त्रण तथा व्यवस्थापन केन्द्रले भने विभिन्न पसलहरुमा तथा सामाजिक दुरी कायम गर्न नसकिने स्थानमा प्रत्येक मानिसले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने बताएको छ । एएफपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्