Logo

बजेटको प्राथमिकतामा कोरोना रोकथाम र आर्थिक पुनरुत्थान, कृषि र पर्यटनलाई सरकारी संरक्षण

बजेटको प्राथमिकतामा कोरोना रोकथाम र आर्थिक पुनरुत्थान, कृषि र पर्यटनलाई सरकारी संरक्षण



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको प्राथमिकता कोरोनाको रोकथाम गर्दै आर्थिक पुनरुत्थान गर्ने रहेको बताएका छन् ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक बर्ष २०७७/७८ को बजेट भाषण गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
विशेषगरी कोरोनाले ग्रसित अर्थतन्त्र चलायमान बनाउन तथा विशेषगरी कृषि र पर्यटन क्षेत्र पुनरुत्थान गर्न बजेट बिनियोजन गरेको बताए ।

साथै उनले बजेटमार्फत कोरोना रोकथाम तथा नियन्त्रणसँगै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य सेवामा पूर्वाधार विकास गरिने बताए । साथै आपूर्ती श्रृखला बढाउने, सुरक्षित आवास, गुणस्तरीय र जीवनउपयोगी शिक्षा, भौतिक पूर्वाधारको निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्