Logo

कोरोना भाईरसबारे बैज्ञानिक अध्ययनको नयाँ निष्कर्ष, ११ दिन पछि अन्य व्यक्तिमा फैलिदैन संक्रमण

कोरोना भाईरसबारे बैज्ञानिक अध्ययनको नयाँ निष्कर्ष, ११ दिन पछि अन्य व्यक्तिमा फैलिदैन संक्रमण



काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) संक्रमणबारे बैज्ञानिकहरुले नयाँ निष्कर्ष प्रस्तुत गरेका छन् । एक नयाँ अध्धयनबाट बैज्ञानिकहरुले कोरोना भाइरस संक्रमण संक्रमित बिरामीबाट ११ दिनपछि अन्य व्यक्तिलाई नसर्ने निष्कर्ष निकालेका हुन् ।

अध्ययनका अनुसार संक्रमित व्यक्तिमा १२ औँ दिनमा कोरोना भाईरस पोजिटिभ देखिएपनि त्यो व्यक्तिबाट अन्यमा सर्ने सम्भावना भने न्यून रहने बैज्ञानिकहरुले पुष्टि गरेका हुन् ।

सिंगापुरस्थित एक जना सरुवा रोग विशेषज्ञले कोरोना भाईरसका विरामीलाई ११ औं दिनपछि आईसोलेसनमा वा छुट्टै राख्न नपर्ने बताएका छन् । अनुसन्धाताहरुले ७३ जना कोरोना भाईरस संक्रमितमा बिरामी भएको ११ औं दिनपछि अन्यलाई सर्न सक्ने सम्भावना कत्तिको रहन्छ भनेर अनुसन्धान गरेका थिए ।

अनुसन्धान अनुसार संक्रमितमा अन्यलाई संक्रमण गर्नसक्ने गुण २ देखि १० दिनसम्म प्रबल रहन्छ त्यसपस्चात त्यो गुण विस्तारै निष्क्रिय हुँदै जान्छ ।

संक्रमितलाई २ हप्तापश्चात जाँच गर्दा कोरोना भाईरस बढेर संक्रमण त रहन्छ तर अन्यलाई सर्न सक्ने गुण भने ज्यादै न्यून हुन्छ ।

बैज्ञानिकहरुले त्यसकारण अस्पतालबाट डिस्चार्ज गरिसकेपछि बिरामीलाई यस्ता कुरा सम्झाएर पठाउनु आवश्यक भएको पनि उल्लेख गरेका छन् । यस्तै परिक्षण अमेरिकामा गर्दा पनि ११ दिनपछि अन्यलाई सर्न सक्ने गुण ज्यादै न्यून भएको अन्य विभिन्न अध्ययनले पनि देखाएको उल्लेख छ । Source- https://nypost.com

प्रतिक्रिया दिनुहोस्
MBL