काठमाडौं । कोरोना भाइर (कोभिड–१९) का कारण प्रभावित बिदेशमा रहेका नेपालीलाई देश फर्काउने बारे छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।