Logo

अध्ययनको निष्कर्ष : गाँजाले बढाउँछ कोरोनासँग लड्ने क्षमता, फैलिन दिदैन संक्रमण

अध्ययनको निष्कर्ष : गाँजाले बढाउँछ कोरोनासँग लड्ने क्षमता, फैलिन दिदैन संक्रमण



काठमाडौं । तपाईँलाई थाहा छ, धुम्रपानले कोरोना भाईरस संक्रमणलाई झन जटिल बनाउँछ र अप्ठ्यारो अवस्थामा पुर्याईदिन्छ । तर, क्यानडास्थित लेथबर्ग विश्वविद्यालयका केही वैज्ञानिकले भने गाँजाले कोराना भाईरस संक्रमण रोक्न सक्ने बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार उनीहरुको अध्ययन कोरोना भाईरस संक्रमण मानव शीररको फोक्सो, आन्द्रा तथा अन्य भागमा संक्रमण निस्क्रिय गर्न सक्ने क्रियाकलापको खोजमा केन्द्रित थियो । तर, उनीहरुले गाँजामाथीको अध्ययनलाई प्रश्रय दिएर अध्ययन गर्दा यसमा भाईरस रोक्न सक्ने क्षमता अत्याधिक रहेको पाईएको बताइएको छ ।

उनीहरुले गाँजाका विभिन्न ४ सय गुणबारे अध्ययन गर्दा यसमा क्यान्सरसम्बन्धी रोगको पनि एन्टीबडी उत्पादन गर्न सक्ने क्षमता भएको पाईएको छ ।
वैज्ञानिकहरुले मानव शरिरको थ्रीडी नक्सा बनाई हाम्रा शरिरको श्वासप्रश्वाससम्म कसरी गाँजाले कोरोना विरुद्ध काम गर्छ भनेर अध्ययन गरेका थिए ।

जसअनुसार गाँजाले मानव शरीरमा कोरोना प्रवेश गर्न अत्याधिक सहयोग पुर्याउने एसीई२ को संशोधनमा ठुलो सहयोग पुर्याएको थियो ।

अध्ययनमा संलग्न एक वैज्ञानिकका अनुसार गाँजाले कोरोना भाईरस सक्रिय पार्नसक्ने जीवाणुलाई ७३ प्रतिशतले निस्क्रिय पार्न सक्ने गुण रहेको बताए । उनका अनुसार गाँजाले भाईरस सक्रिय पार्न सक्ने जीवाणु निस्क्रिय पार्न सक्छ भने अवश्य पनि संक्रमण पनि कम गराउन ठुलो मद्धत पुग्छ ।

त्यसैले वैज्ञानिकरुले मानव शरिरमा एसीई२ लेभल कम गराउने र जीवाणु संक्रमण पनि कम गराउने भएकाले भाईरस संक्रमणविरुद्ध गाँजाले सकारात्मक भूमिका खेल्ने बताएका हुन

प्रतिक्रिया दिनुहोस्
MBL