Logo

कोरोना कहरबीच खुशीको खबर : मानिसमा गरिएको कोरोना खोप परीक्षण सफल, यसरी हुँदैछ नियन्त्रण

कोरोना कहरबीच खुशीको खबर : मानिसमा गरिएको कोरोना खोप परीक्षण सफल, यसरी हुँदैछ नियन्त्रण



काठमाडौं । विश्वभर पछिल्लो समय त्रासको विषय बनेको कोरोना भाइरस (कोभिड–१९) को कहरबीच आशाको किरण देखिएको छ । मानिसमा गरिएको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएसँगै खुशीको सञ्चार भएको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल वैज्ञानिकहरुले दावी गरेका छन् ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले विकास गरेको खोपले अपेक्षाभन्दा राम्रो काम गरेको वैज्ञानिकले दावी गरेका छन् ।


एमआरएनए–१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी गराएको छ । उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने बताएका छन् । तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा ताल ज्याक्सले बताएका छन् ।

आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्