Logo

कोरोना महामारीको अन्त्य कहिले हुन्छ ? विज्ञ भन्छन-कहिल्यै हुँदैन, अब यससँगै जीवन चलाउन सिक्नुपर्छ

कोरोना महामारीको अन्त्य कहिले हुन्छ ? विज्ञ भन्छन-कहिल्यै हुँदैन, अब यससँगै जीवन चलाउन सिक्नुपर्छ



काठमाडौं । इतिहासलाई हेर्दा यसअघि विश्वमा फैलिएका धेरैजसो महामारीहरु दुई तरिकाले अन्त्य भएका छन् । पहिलो बिरामी वा मृतकको संख्या घटेको अवस्थामा अन्त्य भएको छ भने कतिपय अवस्थामा भने डरको कमीका कारण पनि यसको अन्त्य भएको इतिहास छ ।

मानिसहरु यसको अन्त्य कहिले हुन्छ भनेर सोध्छन, जुन सोधाई समाजको अन्त्य कहिले हुन्छ भनेर सोध्नु जस्तै हो । अर्थात महामारीको अन्त्य कहिल्यै पनि हुँदैन । यसको अन्त्य भन्दा पनि मानिसहरुले यससँगै जीवन बिताउन सिक्नुपर्ने विज्ञहरु बताउँछन् । यस्तै प्रकृति कोरोना भाईरसको पनि छ । अर्थात यो पनि कहिले र कसरी अन्त्य हुन्छ भनेर यसै भन्न नसकिने अवस्था छ । यसैले अर्थतन्त्र भने केही हदसम्म विस्तारै खुलाउँदै जानुपर्ने विज्ञहरु बताउँछन् ।

यस्तो बेलामा डरले पनि ठुलो काम गर्ने विज्ञहरु बताउँछन । केही बर्षअघि अफ्रिकाका मानिसहरुले इबोला भाईरसका कारण ज्यान गुमाएका थिए । हाल विश्वभर फैलिएको कोरोना भाईरसको महामारी आयरल्याण्डमा फैलिएको छैन तर, पनि त्यहाँ यसको डर त कायमै छ ।

मानिसहरुलाई प्रत्येक रेल, बसलगायत सार्वजनिक यातायातदेखि विभिन्न प्रकारका सार्वजनिक क्षेत्रमा मानिसहरु डर मानिरहेका हुन्छन् । सन् २०१४ तिरपनि ईबोला संक्रमित व्यक्ति अस्पतालमा आएपछि नर्स तथा डाक्टरहरु उसको नजिक जान नमान्ने तथा डराउने प्रचलन थियो ।

हालसम्म अन्त्य भएको मानिएको रोग भने दादुरालाई मात्रै लिईन्छ । यसको पछाडि यसका विरुद्धको खोपले पनि ठुलो काम गरेको थियो । पछिल्लो ३ हजार बर्षदेखि विश्वमा राज गरिरहेको दादुराले हाल छुट्कारा पाएको विज्ञहरु बताउँछन् । यसका कारण १० जनामा ३ जनाको मृत्य हुने गरेको थियो । तर सन् १९७७ मा सोमालियास्थित अलि माओ मालिनलाई अन्तिम दादुरा रोगीको रुपमा चिनियो जसको सन २०१३ मा उनको मलेरियाका कारण मृत्यु भयो ।

ईन्फ्लुएन्जा विर्सिउ

१९१८ मा फैलिएको फ्लु हालको लागि क्वारेन्टाईन तथा सामाजिक दूरीको उदाहरण बनेको छ । यसको अन्त्य हुनुपूर्व यसका कारण ५ करोड देखि १० करोड मानिसहरुको मृत्यु भएको थियो । यसले मध्यम उमेर भएका तथा वयस्कलाई आफ्नो शिकार बनायो । धेरै बालबालिकाहरु अनाथ बने र पहिलो विश्वयुद्धताका धेरै सिपाहीहरुको मृत्यु पनि यसैका कारण भएको बताईन्छ । तर, सन् १९१८ को बसन्तमा विभिन्न स्थानमा यसका विरुद्ध लड्न अर्थात उपचार गर्न विभिन्न क्याम्पहरु खडा गरिए । सोही अनुसार मानिसमा विस्तारै यसको डर घट्दै गयो ।

यस्तै सन १९६८ मा समेत हङकङ फ्लुका कारण पनि अमेरिकामा १ लाखसँगै विश्वभर १० लाख मासिनहरुको मृत्यु भएको थियो । तर हाल फ्लु नामका रोगहरु विरलै देखिन थालेका छन् । यसको उपचार पनि सजिलै गर्न सकिने विज्ञहरु बताउँदै आएका छन् ।

त्यसो भए कोरोनाको अन्त्य कसरी हुन्छ ?
कोरोना महामारी अन्त्यमा एक सम्भावना देखिन्छ । इतिहासलाई हेर्ने हो भने हामीले मेडिकल तवरमा भन्दा पनि सामाजिक तवरमा यसलाई अन्त्य गर्नु जरुरी छ । मानिसहरु हाल लागु गरिएको लकडाउनका कारण दिक्कलाग्दो अवस्थामा पुगिसकेका छन् । जसका कारण मानिसहरु महामारीले निम्त्याएको त्रासले यसको उपचार कहिले सम्भव हुन्छ भन्ने सोच्न बाध्य भएका छन् ।

एक विज्ञका अनुसार अव मानिसहरुले लकडाउनलाई यो त अति भयो भन्न मात्रै बाँकी छ । मानिसहरुले यसो भन्न नपाउँदै विश्वमा यसका विरुद्धको औषधि नल्याए मानिसहरु बढीभन्दा बढी फ्रस्टेसनमा जाने उनको भनाई छ । मानिसहरुले जतिसक्दो चाँडो आफ्नो पुरानै जिवनस्तर फर्काउन चाहेका छन् ।

केही क्षेत्रहरुमा भने विभिन्न देशका सरकारहरुले लकडाउनलाई केही खुकुलो पार्नका लागि कपाल काट्ने पसल, नेल सलोन, जिमलगायता केन्द्रहरु खुला गरेका छन् । लकडाउनकै कारण अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ, जसका कारण धेरै भन्दा धेरै मानिसहरु अत्ति भयो भन्न बाध्य भएका छन् ।

केही मानिसहरु यसलाई औषधीय रुपमा अन्त्य गर्ने पर्ने बताउँछन भने कतिपयले यसलाई सामाजिक स्तरबाट न्यूनीकरण गर्नुपर्ने बताउँदै आएका छन् । तर कसले र कसरी यसको अन्त्य हुन्छ यसै भन्न सकिने अवस्था भने छैन । तर हाल कायम गरिएका न्यूनतम सामाजिक दूरी, लकडाउनलगायतका क्रियाकलापले भने यसमा केही राहत मिल्ने वैज्ञानिकहरु बताउँछन् । –दि न्यूयोर्क टाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्