Logo

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको वजेट अधिवेशन आह्वान, वैशाख २६ गते दिउँसो ४ बजे संसद बस्ने

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको वजेट अधिवेशन आह्वान, वैशाख २६ गते दिउँसो ४ बजे संसद बस्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने र पारित गर्ने तथा वजेट प्रस्तुत गर्ने गरिन्छ । संबिधानमै जेठ १५ गतेलाई बजेट पेश गर्ने दिन तोकेको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति :

आज मिति २०७७ साल वैशाख २१ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सम्वत् २०७७ साल वैशाख २६ गते शुक्रबारका दिन १६ : ०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL