Logo

भारतमा २ साता थपियो लकडाउन, रेड जोनमा परेका स्थानमा कुनै छुट नदिने

भारतमा २ साता थपियो लकडाउन, रेड जोनमा परेका स्थानमा कुनै छुट नदिने



काठमाडौं । भारतले आईतबार अन्त्य हुने लकडाउनको समय पुनः २ साता लम्ब्याएको छ । । शुक्रबार भारतको गृहमन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।

२८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL