Logo

आर्थिक वृद्धिदर २.२७ प्रतिशतमै सिमित हुने तथ्याङक विभागको प्रक्षेपण, कुन क्षेत्रमा बढी असर ?

आर्थिक वृद्धिदर २.२७ प्रतिशतमै सिमित हुने तथ्याङक विभागको प्रक्षेपण, कुन क्षेत्रमा बढी असर ?



काठमाडौं । यस बर्षको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमै सिमित हुने भएको छ । सरकाले चालू आर्थि बर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य लिएपनि यस आबको ९ महिनाको तथ्याङ्कलाई आधार मान्दा २ दशमलव २७ प्रतिशत मात्रै हुने केन्द्रिय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ ।

चालू आब सकिन ३ महिना मात्रै बाँकी रहँदा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र त्यसपछिको लकडाउनका कारण आर्थिक वृद्धिदर न्यून मात्रामा हुने विभागको प्रक्षेपण रहेको छ ।
गत आबमा कुल ३२ खर्ब ९ अर्ब रहेको नेपालको कुल ग्राह्स्थ्य उत्पादनको आधार मूल्यमा चालू आबमा २ दशमलव ७ प्रतिशतले आर्थिक वृद्धिदर हुने विभागको प्रक्षेपण रहेको छ ।

कोरोनाको असरलाई न्यून गर्न अबलम्बन गरिएको आन्तरिक र बाह्य प्रयासहरुको प्रभाव नेपालको अर्थतन्त्रमा पवन पर्ने विभागले जानकारी दिएको छ । यसको असर कहिलेसम्म रहनेभन्ने अनुमाग गर्न नसकिएको अवस्थामा यस आर्थिक बर्षमा होटल तथा रेष्टुराँ, अन्तरराष्ट्रिय हवाई क्षेत्रमा अत्याधिक प्रभाव रहने र अन्य क्षेत्रहरु जेठबाट नियमित हुने विश्वास गरी सोही अनुमानको आधारमा उक्त वृद्धिदरको प्रक्षेपण गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL