Logo

‘भाईरस हन्टर’ जो विश्वलाई बचाउन २ अर्ब डलर खर्चेर सम्भावित नयाँ महामारीको खोज गरिरहेछन्

‘भाईरस हन्टर’ जो विश्वलाई बचाउन २ अर्ब डलर खर्चेर सम्भावित नयाँ महामारीको खोज गरिरहेछन्



काठमाडौं । चमेराको र्याल तथा मुत्रबाट केही विषालु भाईरस फैलन सक्ने अनुमानका आधारमा वैज्ञानिकहरुको एक सानो समुह सुरक्षा कवच सुट, मास्क र पन्जासहित एक ओडारभित्र छिर्छन । उनीहरु चीनको दक्षिण पश्चिम क्षेत्रमा पर्ने युनान प्रान्तको एक चुनढुंगाको ओडारको मुखमा रहेको बाँसको झ्याङमा बस्छन र साँझपखको गोधुली साँझको पर्खाईमा छन् ।

जुनबेला हजारौं चमेराहरु आफ्नो खानाको लागि बाहिर निस्कन्छन । ती वैज्ञानिकहरु ओडारभित्र पस्छन र चमेराका गुँड खोज्छन्, चमेराहरुलाई बेहोस पार्दे रगत संकलन गर्न थाल्छन् ।अमेरिकास्थित महामारी रोकथाम केन्द्रका वैज्ञानिक पिटर डास्जाकका अनुसार चमेराहरुको स्वाव पनि संकलन गरिएको छ । डास्जाक पछिल्लो १० बर्षदेखि ‘भाईरसको हन्टर’का रुपमा चिनिन्छन । उनले हालसम्म महामारीको अन्वेषण गर्नलाई २० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । उनले हाल फैलिरहेको कोरोना भाईरसको महामारीलाई ध्यानमा राख्दै आगामी दिनमा नयाँ खतरनाक भाईरस आउनेप्रति सचेत हुनलाई यस्तो अन्वेषण गर्न लागिएको बताए ।

उनीसँगै उनीजस्तै धेरै विज्ञहरु आगामी दिनमा आउने खतरनाक भाईरसको खोजीमा छन । ‘हामीले उक्त गुफाबाट १५ हजारओटा चमेराको स्याम्पल संकलन गरेका छौं,’ उनले भने । जसमा ५ सयभन्दा बढी नयाँ कोरोना भाईरस फेला पारिएको छ । यसमध्ये एकलाई सन २०१३ मा भेटाईएको थियो जुन कोरोना भाईरसका पुर्खा मानिएको छ । सन २००३ मा आएको सार्स अघि कोरोना भाईरसलाई त्यति साह्रो अध्ययनका रुपमा लिईएन । तर, त्यसपछि २ जना मानिसमा मात्रै कोरोना भाईरस पत्ता लगाइएको थियो । उनीहरु दुबैमा सन १९६० मा नै उक्त भाईरस पत्ता लगाईएको थियो । उनले चलाएको नयाँ अभियानले कोभिड–१९ भाईरस जस्तै मानिसमा फैलन सक्ने भाईरसको अध्ययन गर्नेछ ।

पछिल्लो १० बर्षमा उनको अभियानले २ अर्ब डलर खर्च गरिसकेको छ । उनले हालै चमेरामा गरिएको अध्ययनमार्फत १५ हजार कोरोना भाइरस पत्ता लगाईने अनुमान गरेका थिए तर, त्यसो भएन । १५ हजारमा गरिएको परिक्षणमा ५ सय मात्रै कोरोना भाइरस पत्ता लगाईएको छ । डास्जाकको संस्थाले चमेराको ठूलो संख्या रहेको भनेर नाम पाएको दक्षिणपूवी क्षेत्रलाई बढी ध्यानमा राखेर अध्ययन गरिरहेको छ ।

‘हामीले चीनलाई केन्द्रविन्दु बनाएर अध्ययन गरिरहेका छौं किनकी यसअघि सार्सको उत्पत्ति पनि यसै क्षेत्रबाट भएको थियो,’ उनले भने, ‘तर यहाँ त धेरै कोरोना भाईरस रहेको पत्ता लगाईएको छ जसका कारण हामीले आफ्नो अध्ययनलाई अझै तिव्र रुपमा अघि बढाउनुपर्नेछ ।’ उनी जस्तै अर्काे एक भाईरस हन्टरको समुहले म्यानमार तथा केन्यामा उक्त अध्ययन गरिरहेको छ ।

जसमा म्यानमारमा ६ नोवेल कोरोना भाईरस पत्ता लगाईएको बताईएको छ । दक्षिणपूर्वी एशिया तथा चीनका धेरै मानिसहरु चमेराको सिकार गर्छन, खान्छन र बेच्छन पनि । सन २०१५ मा चीनको चमेरा बस्ने ओडार नजिकै जिनिङ गाउँमा बस्ने केहीमा जाँच गरिएको थियो । जसमध्ये ३ प्रतिशत मानिसमा चमेरामा पाईने एन्टीबडी भेटिएको थियो । –सिएनएनबाट

प्रतिक्रिया दिनुहोस्