Logo

कालाेबजारी सुलभ अग्रवालबिरूद्व ४ कसुरमा मुद्दा चलाउन सिफारिस, हाेला त जेल चलान !

कालाेबजारी सुलभ अग्रवालबिरूद्व ४ कसुरमा मुद्दा चलाउन सिफारिस, हाेला त जेल चलान !



काठमाडौं । कालोबजारी गरेको अभियोगमा पक्राउ परेका जगदम्बा ग्रुपका सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । उनी २५ चैनमा ६७ थान ज्वरो नाप्ने यन्त्र थर्मल गनसहित पक्राउ परेका थिए । उनले एउटा थर्मल गनलाई १५ हजारसम्ममा बेच्न खोजेका थिए ।

अब उनलाई १५ लाख ७८ हजार रुपैयाँ बिगो र ३ वर्ष कैद गर्ने गरि सजाय दिन माग गरिएको छ । उनीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन र मुलुकी फौजदारी जाय निर्धारण तथा कार्यान्वयन ऐनका दफाहरुसहित चार कसुरमा मुद्दा चलाउने तयारी गरिएको हो ।

प्रहरीले थप अनुसन्धान गर्ने र सरकारी वकिल कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी भएको छ । यसअघि नै उनी पक्राउ परेपछि उनको किर्गिस्तानका को दूतको पद खोसिएको थियो । उनलाई पक्राउ गर्न प्रहरीले आफैं ग्राहक भएर उनी भएको ठाउँमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL